काठमाडौं । युक्रेनका विभिन्न स्थानमा रुसले गरेको छुट्टाछुट्टै आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । किभस्थित ड्रोन प्रविधिको प्रदर्शनीस्थलमा भएको रुसी ब्यालिस्टिक मिसाइल आक्रमणमा मात्रै १० जनाको मृत्यु भएको हो ।
पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ । यस्तै, उत्तरी सुमी शहरमा शनिबार बिहान भएको आक्रमणमा दुई जनाको मृत्यु भएको युक्रेनी सैन्य अधिकारीहरूले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका प्रमुख व्यक्तिहरू सहभागी रहेको ड्रोन प्रदर्शनीस्थलमा भएको आक्रमणमा करिब एक सय जना घाइते भएका छन् ।
जेलेन्स्कीले शुक्रबार साँझ रुसले अर्को ठूलो मिसाइल आक्रमणको तयारी गरिरहेको र आगामी ४८ घण्टाभित्र त्यस्तो आक्रमण हुन सक्ने गुप्तचर सूचना प्राप्त भएको बताएका थिए ।
युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातका अनुसार किभनजिक रुसले तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये एउटा मिसाइललाई मात्रै युक्रेनी वायु प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको थियो ।
रुसले भने उक्त आक्रमणको पुष्टि गरेको छ। रुसी रक्षा मन्त्रालयले रुसभित्रका नागरिक क्षेत्रलाई निशाना बनाउन प्रयोग हुने ड्रोन प्रदर्शन भइरहेको स्थानलाई लक्षित गरी अत्याधुनिक दूरगामी हतियार प्रयोग गरिएको जनाएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेयता यस्ता प्रदर्शनीस्थलमा आक्रमण भएको यो कम्तीमा तेस्रो घटना भएको बताइएको छ ।
यसैबीच, युक्रेनले शुक्रबार रुसको किरोभ शहरस्थित एक सैन्य उद्योगमा गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको र २६ जना घाइते भएको रुसी पक्षले जनाएको छ । युक्रेनले रुसको ठूलो अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका गोदामहरूमा समेत ड्रोन आक्रमण गरेको रुसी पक्षको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस सम्पन्न
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा
- शिक्षामन्त्रीको राजीनामापछि ‘कक्रोच जनता पार्टी’को आन्दोलन स्थगित
- नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन भएर सञ्चालनमा आउने
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रेन्डिङ
खबरमुकाम







