काठमाडौं । भारतमा आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी) का दुई मागमा सरकार सकारात्मक देखिएको छ । सीजेपीका प्रवक्ता आशुतोष राङ्का र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गरेका थिए ।
वार्ताका क्रममा सरकारले प्रवेश परीक्षाका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र आन्दोलनमा सहभागी विद्यार्थीमाथि कुनै पनि कानुनी कारबाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको बताइएको छ । यद्यपि, आन्दोलनकारीले उठाउँदै आएको केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबारे भने निर्णय हुन बाँकी छ ।
सीजेपीका प्रवक्ता आशुतोषका अनुसार शिक्षामन्त्री प्रधानको राजीनामाबारे निर्णय गर्न सरकारले आज दिउँसोसम्मको समय मागेको छ । चिकित्सा प्रवेश परीक्षामा हुने प्रश्नपत्र चुहावट रोक्न शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने र शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने मागसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ ।
मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप सशक्त बनाउने चेतावनी सीजेपीले दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, आन्दोलनलाई समर्थन गर्दै आएका प्रमुख अभियन्ता सोनम वाङ्चुकले बिहीबार २६औँ दिनमा अनशन स्थगित गरेका छन् । उनले सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कारबाही नगर्ने आश्वासन दिएको बताएका छन् ।
परीक्षामा पटक–पटक प्रश्नपत्र चुहावट भएपछि उत्पन्न आक्रोशसँगै भारतमा कक्रोच जनता पार्टीको उदय भएको बताइएको छ । युवा नेतृत्वको उक्त अभियानमा ठूलो संख्यामा विद्यार्थी सहभागी भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब बढेको छ । यो आन्दोलन भारतमा पछिल्ला केही वर्षयताकै ठूलो विद्यार्थी आन्दोलन बनेको दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एमाले–नेकपाबीच प्रदेश सत्तामा सहकार्य, कुन दललाई कुन प्रदेशको नेतृत्व ?
- प्रदेश सरकार सञ्चालनका लागि एमाले–नेकपाबीच तीनबुँदे सहमति
- सिजेपी आन्दोलन प्रभाव, भारतीय शिक्षामन्त्रीले दिए राजीनामा
- फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सम्बद्ध पक्षबीच छलफल
- चेक अनादर मुद्दामा मुना केसीलाई दुई वर्ष कैद, पक्राउ गर्न अदालतको आदेश
- सिटिजन्स बैंक र नियो भर्स प्रा.लि.(नेओटेरिक नेपाल) बीच समझदारी
- प्युठानदेखि काठमाडौंसम्मको सङ्घर्ष : मेनुका भन्छिन् 'अब लज्जावतीले मेरो क्षमता देखाउनेछ'
- स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्यक्रम आइतबार आयोजना हुने

ट्रेन्डिङ
खबरमुकाम







