काठमाडौं । फ्रान्स र स्पेनमा पछिल्ला केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको अधिकारीहरूले बताएका छन् ।
फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा फैलिएको डढेलो बोर्डो शहरतर्फ अघि बढिरहेको छ । आगो शहरतर्फ फैलिन थालेपछि बोर्डोको पश्चिममा रहेका सात वटा शहरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको छ ।
बीबीसीका अनुसार तीव्र हावाका कारण डढेलो थप फैलिँदै गएको छ । शनिबार अबेर मात्रै फ्रान्समा थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको थियो ।
फ्रान्सेली अधिकारीहरूले डढेलो अझै नियन्त्रणबाहिर रहेको बताएका छन् । बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर टाढासम्म आगो फैलिएको जनाइएको छ । डढेलोको धुवाँ शहरसम्म पुगेपछि स्थानीय बासिन्दाले हावामा तीव्र धुवाँको गन्ध महसुस गरेका छन् ।
डढेलो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गरेको छ । आगो फैलिन नदिन झाडी फाँड्ने र विभिन्न स्थानमा अवरोध निर्माण गर्ने काम भइरहेको छ ।
फ्रान्समा सन् २०२६ को सुरुदेखि हालसम्म ९८ हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोबाट प्रभावित भइसकेको जनाइएको छ ।
उता, संकटकाल घोषणा गरिएको स्पेनमा पनि डढेलोको अवस्था गम्भीर बनेको छ । म्याड्रिड र अभिला क्षेत्रमा मात्रै करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी मानिस अझै घरभित्रै बस्न बाध्य छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले अवस्था जटिल रहेको स्वीकार गरेका छन् । उनका अनुसार यस वर्ष स्पेनमा हालसम्म एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट नष्ट भइसकेको छ। यो पछिल्लो दशकको वार्षिक औसतभन्दा पनि बढी हो ।
यसैबीच, भ्यालेन्सिया क्षेत्रमा डढेलोमा परी एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार करिब ७० वर्षीय ती पुरुषलाई मानिसेसको साल्ट दे लुआइगुआ खोंचमा आगो नियन्त्रणमा खटिएका दमकलकर्मीहरूले आफ्नै कारभित्र मृत अवस्थामा फेला पारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






