काठमाडौँ । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि पाँच हप्तादेखि जारी ‘कक्रोच जनता पार्टी’ (सीजेपी)को आन्दोलन स्थगित भएको छ । आन्दोलनकारीले यसलाई लोकतन्त्र र युवाहरूको ऐतिहासिक जित भन्दै प्रदर्शन अन्त्यको घोषणा गरेका छन् ।
बीबीसीका अनुसार दिल्लीको जन्तर–मन्तरमा भेला भएका हजारौँ प्रदर्शनकारीले शिक्षामन्त्रीको राजीनामापछि नाचगान, नाराबाजी र मिठाई बाँडेर खुसी मनाएका थिए । आन्दोलनका संस्थापक अभिजीत दिप्केले आन्दोलन सफल भएको दाबी गर्दै यसलाई युवाहरूको ऐतिहासिक जित बताएका छन् ।
शिक्षामन्त्री प्रधानले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘कक्रोच जनता पार्टी’ कुनै औपचारिक राजनीतिक दल नभई कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको ‘कक्रोच’ प्रतीकमार्फत सुरु भएको व्यङ्ग्यात्मक अभियान हो । शिक्षा प्रणाली सुधार, परीक्षा प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा कानुन र शिक्षामन्त्रीको राजीनामाको माग गर्दै सुरु भएको अभियानले व्यापक समर्थन पाएको थियो ।
यद्यपि संस्थापक दिपकेले शिक्षामन्त्रीको राजीनामा मात्रै आन्दोलनको अन्तिम लक्ष्य नभएको बताएका छन् । पछिल्ला वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध देखिएको प्रभावशाली युवा आन्दोलनका रूपमा यसलाई हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






