काठमाडौँ । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि पाँच हप्तादेखि जारी ‘कक्रोच जनता पार्टी’ (सीजेपी)को आन्दोलन स्थगित भएको छ । आन्दोलनकारीले यसलाई लोकतन्त्र र युवाहरूको ऐतिहासिक जित भन्दै प्रदर्शन अन्त्यको घोषणा गरेका छन् ।
बीबीसीका अनुसार दिल्लीको जन्तर–मन्तरमा भेला भएका हजारौँ प्रदर्शनकारीले शिक्षामन्त्रीको राजीनामापछि नाचगान, नाराबाजी र मिठाई बाँडेर खुसी मनाएका थिए । आन्दोलनका संस्थापक अभिजीत दिप्केले आन्दोलन सफल भएको दाबी गर्दै यसलाई युवाहरूको ऐतिहासिक जित बताएका छन् ।
शिक्षामन्त्री प्रधानले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘कक्रोच जनता पार्टी’ कुनै औपचारिक राजनीतिक दल नभई कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको ‘कक्रोच’ प्रतीकमार्फत सुरु भएको व्यङ्ग्यात्मक अभियान हो । शिक्षा प्रणाली सुधार, परीक्षा प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा कानुन र शिक्षामन्त्रीको राजीनामाको माग गर्दै सुरु भएको अभियानले व्यापक समर्थन पाएको थियो ।
यद्यपि संस्थापक दिपकेले शिक्षामन्त्रीको राजीनामा मात्रै आन्दोलनको अन्तिम लक्ष्य नभएको बताएका छन् । पछिल्ला वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध देखिएको प्रभावशाली युवा आन्दोलनका रूपमा यसलाई हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





