काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक पानीको बहाव अत्यधिक बढेपछि आसपासका बस्ती र बजार क्षेत्रमा सतर्कता अपनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार, बिहान करिब ९ः१५ बजे नदीमा ठूलो बाढी आएको सूचना प्राप्त भएको थियो । बाढीको असर स्याफ्रुबेँसीलगायतका बजार क्षेत्रमा परेको प्रारम्भिक जानकारी छ ।
टिमुरे र स्याफ्रुबेँसी आसपासमा भीषण वर्षापछि नदीको सतह बढेको बताइएको छ । प्रभावित क्षेत्रमा खोज, उद्धार तथा क्षति मूल्यांकनका कामका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
बाढीको प्रभाव तलतिर नुवाकोट र धादिङ हुँदै त्रिशूली नदी आसपासका क्षेत्रमा पनि पर्न सक्ने सम्भावना रहेकाले धादिङ प्रशासनले नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
क्षतिको पूर्ण विवरण र प्रभावित क्षेत्रको यकिन जानकारी आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





