काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले, राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण राष्ट्रिय मुद्दामा प्रभावकारी ध्यानाकर्षणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् ।
आइतबार संसद बैठक बस्नुअघि, नेपाल न्यूज बैंकसंग कुरा गर्दै गिरीले, राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण अत्यन्तै ठुलो अवसर भएको भन्दै जलवायु परिर्वतन, गरिबी न्यूनिकरणलगायतका विषयमा संसदले राष्ट्रसंघको गम्भीर ध्यानाकर्षण गराउनु पर्ने बताए ।
‘संयुक्त राष्ट्रसंघका महासचिव आएको बेलामा अहिले जुन ग्लोबल इस्युहरु छन्, नेपालले धेरै ठुलो कन्र्सन राख्नुपर्ने मुद्दाहरु छन्, वातावरणका मुद्दाहरु, ग्लोबल वार्मिकका सवालहरु त्यसले नेपाल जस्तो राष्ट्रलाई पारेको प्रभावको कुराहरु छन्। ’ उनले भने‘ यस्ता मुद्दाहरुमा संयुक्त राष्ट्रसंघलाई गम्भीरताका साथ ध्यानाकर्षण गराउने र संयुक्त राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियाको बारेमा गरेको सहयोगको बारेमा धन्यवाद दिने बाँकी रहेका कामहरुका बारेमा पनि हामीले स्पष्ट रुपमा आफ्ना भनाई राख्छौं ।
आजै संसद बैठकअघि सभामुखले, शीर्ष दलका प्रमुख सचेतकसंग छलफल गर्दैछन् ।
सो बैठकमा पनि संसदलाई कसरी प्रभावकारी बनाउने र राष्ट्रसंघका महासचिवको मंगलबारको सम्बोधनबारे समेत छलफल हुनसक्ने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





