काठमाडौँ । राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् । २०२१ को नोभेम्बरमा दुई बर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल सकिँदै थियो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले द्रविडको सम्झौताको अवधि नवीकरण गरिएको जानकरी दिएको छ । तर, कहिलेसम्म उनी प्रशिक्षक रहन्छन् भन्ने स्पष्ट गरेको छैन । रिपोर्टका अन्सुअर आगामी जुनमा हुने टी -२० विश्वकपसम्म टिमको प्रशिक्षकको रुपमा काम गरिरहने गरि सम्झौता भएको छ ।
यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आशिष नेहरालाई टी- २० विश्वकपका लागि प्रशिक्षक बन्न गरेको आग्रहलाई उनले अस्वीकार गरेको बताइएको छ । नेहराले अस्वीकार गरेपछि बोर्डले टी- २० विश्वकपसम्म द्रविडलाई नै निरन्तरता दिन आग्रह गरेको र द्रविडले पनि टी- २० विश्वकपसम्म प्रशिक्षक बनिरहन स्वीकार गरेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार द्रविडपछि अब पूर्व क्रिकेट भिभिएस लक्ष्मण प्रशिक्षक बन्ने सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





