काठमाडौँ । राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् । २०२१ को नोभेम्बरमा दुई बर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल सकिँदै थियो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले द्रविडको सम्झौताको अवधि नवीकरण गरिएको जानकरी दिएको छ । तर, कहिलेसम्म उनी प्रशिक्षक रहन्छन् भन्ने स्पष्ट गरेको छैन । रिपोर्टका अन्सुअर आगामी जुनमा हुने टी -२० विश्वकपसम्म टिमको प्रशिक्षकको रुपमा काम गरिरहने गरि सम्झौता भएको छ ।
यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आशिष नेहरालाई टी- २० विश्वकपका लागि प्रशिक्षक बन्न गरेको आग्रहलाई उनले अस्वीकार गरेको बताइएको छ । नेहराले अस्वीकार गरेपछि बोर्डले टी- २० विश्वकपसम्म द्रविडलाई नै निरन्तरता दिन आग्रह गरेको र द्रविडले पनि टी- २० विश्वकपसम्म प्रशिक्षक बनिरहन स्वीकार गरेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार द्रविडपछि अब पूर्व क्रिकेट भिभिएस लक्ष्मण प्रशिक्षक बन्ने सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीपीडितलाई शिव शक्ति बाबाको १ लाख ८० हजारको राहत सहयोग हुँदा भारतका मिडियामा चर्चा
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक



ट्रेन्डिङ
खबरमुकाम







