पोखरा । केपी ओली कप टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्द मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पोखरा रंगशालास्थित क्रीकेट मैदानका मधेसका कप्तान हरिशंकर शाहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेट र मधेस प्रदेशले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)लाई ११ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले ५ लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीले २ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘वेस्ट बलर’ ले २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





