पोखरा । केपी ओली कप टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्द मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पोखरा रंगशालास्थित क्रीकेट मैदानका मधेसका कप्तान हरिशंकर शाहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेट र मधेस प्रदेशले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)लाई ११ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले ५ लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीले २ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘वेस्ट बलर’ ले २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीपीडितलाई शिव शक्ति बाबाको १ लाख ८० हजारको राहत सहयोग हुँदा भारतका मिडियामा चर्चा
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक



ट्रेन्डिङ
खबरमुकाम







