इतिहाद । टोटनह्याम हटस्पर्सका मिडफिल्डर डेजान कुलुसेभस्कीले खेलको अन्तिम मिनेटमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी बराबरी खेल्न बाध्य भएको छ । आइतबार राति भएको खेलमा सिटी र स्पर्सले ३–३ गोलको बराबरी खेलेका हुन् ।
खेलको छैटौँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर तीन मिनेटपछि उनले नै आत्मघाती गोल गरेपछि सिटी खेलमा फर्कियो । ३१ औँ मिनेटमा फिल फोडेनले जुलियन अल्भारेजको पासमा सिटीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ६९ औँ मिनेटमा जियोभानी लो सिलेसोले स्पर्सका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा ज्याक ग्रिलिसले पुनः सिटीलाई अग्रता दिलाएपछि टोली खेल जित्नेमा ढुक्क बनेको थियो । तर, ९० औँ मिनेटमा कुलुसेभस्कीले गोल गर्दै सिटीको सपना चकनापुर बनाए ।
बराबरीमा रोकिएपछि सिटी प्रिमियर लिगमा तेस्रो स्थानमा खस्किएको छ । १४ खेलबाट टोलीको ३० अङ्क रहेको छ । टोटनह्याम भने समान खेलबाट २७ अङ्क बटुल्दै पाँचौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भेटे गभर्नरः सेयर बजार र लगानीमैत्री नीतिमा जोड
- पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
- केहीबेरको वर्षामै काठमाडौंका मुख्य सडक डुबान, सवारी आवागमन प्रभावित
- मन्त्रिपरिषद्का सात निर्णयः मिटरब्याज पीडितसँग वार्ता गनेदेखि अरु के के ?
- यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं साधारण सभा सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच समझदारी
- सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







