क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल प्रिमियर लिग फूटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिवार साँझ भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
खेलमा अग्रता भने घरेलु टोली क्रिस्टल प्यालेसले लिएको थियो । जेन फिलिपा माटेटाले ५७ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
तर जोर्डन अय्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि घरेलु टोली ७५ औँ मिनेटमा नै १० खेलाडीमा सीमित बनेको थियो । त्यसको लगत्तै ७६ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए । लिभरपुलका लागि उनले २०० औँ गोल गरेका हुन् ।
हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा लिभरपुलका लागि विजयी गोल गर्न सफल भए ।
यस जीतसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३७ अंक जोडेको छ । क्रिस्टल प्यालेस १६ अंकसहित तालिकाको १५ औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





