क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल प्रिमियर लिग फूटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिवार साँझ भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
खेलमा अग्रता भने घरेलु टोली क्रिस्टल प्यालेसले लिएको थियो । जेन फिलिपा माटेटाले ५७ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
तर जोर्डन अय्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि घरेलु टोली ७५ औँ मिनेटमा नै १० खेलाडीमा सीमित बनेको थियो । त्यसको लगत्तै ७६ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए । लिभरपुलका लागि उनले २०० औँ गोल गरेका हुन् ।
हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा लिभरपुलका लागि विजयी गोल गर्न सफल भए ।
यस जीतसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३७ अंक जोडेको छ । क्रिस्टल प्यालेस १६ अंकसहित तालिकाको १५ औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीपीडितलाई शिव शक्ति बाबाको १ लाख ८० हजारको राहत सहयोग हुँदा भारतका मिडियामा चर्चा
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक



ट्रेन्डिङ
खबरमुकाम







