काठमाडौं । एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९।३ ओभरमा २ सय ६१ रनमा अल आउट भयो ।
अफगानिस्तानका जाम्शिद जद्रानले १ सय ५२ बलमा ८ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उनी खुट्टामा समस्याका कारण रिटायर्ड हर्ट भएका थिए ।
त्यस्तै नौमान साह अघाले ४१ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको आक्रामक इनिङ खेलेका थिए । पाँचौं विकेटका लागि नौमानले जम्शिद जद्रानसँग ८२ बलमा ९७ रनको उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानलाई बलियो योगफलमा पुर्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





