काठमाडौँ । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
पुस १ गते साँझ ५ बजे बसेको सो कम्पनीको बोर्ड बैठकले बीमा प्राधिकरणबाट तोकिएको चुक्तापूँजीको न्यूनतम सीमासम्म पुग्न हाल कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ हुनुपर्ने भनेको छ । यही सीमालाई भेट्न कम्पनीले हकप्रद निश्कासनको निर्णय गरेको हो ।
प्रस्तावित हकप्रद बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि निश्कासन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





