काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम (In House Training) सम्पन्न गरिएको छ । कम्पनीले लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा यहि २०८० साल पौष महिनाको ९ र १० गते आयोजना गरिएको कार्यक्रममा ६५ जना भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो ।
कम्पनीले आफ्ना कर्मचारीको पेशागत क्षमता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका संचालक गजेन्द्र लाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, प्रदेश प्रमुख, र विभागिय प्रमुखहरुले आ–आफ्नो प्रस्तुतिकरण दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रमले कर्मचारिहरुमा ज्ञान र नविन उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बजार बिस्तारका साथै कर्मचारीहरुको क्षयमता अभिबृद्धिलाई समेत प्राथमिकता दिएको देखिन्छ । बजार बिस्तारमा सबै भन्दा ठूलो भूमिका कर्मचारीहरुकै हुने तथ्यलाई मध्यनजर राखि प्रदेश स्तरका कर्मचारीलाई दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





