काठमाडौं । बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले आज लामिछानेलाई निलम्बन गरेको क्यानकाे जानकारी दिएकाे छ ।
क्यानले दोषी ठहर भएकाले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको बताएकाे छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ,‘सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित आदलतको आदेश अनूसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भेटे गभर्नरः सेयर बजार र लगानीमैत्री नीतिमा जोड
- पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
- केहीबेरको वर्षामै काठमाडौंका मुख्य सडक डुबान, सवारी आवागमन प्रभावित
- मन्त्रिपरिषद्का सात निर्णयः मिटरब्याज पीडितसँग वार्ता गनेदेखि अरु के के ?
- यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं साधारण सभा सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच समझदारी
- सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







