काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोग समक्ष सार्वजनिक सुनुवाई गर्दैछ ।
पुतलीबजार नगरपालिका वार्ड.नं १ स्याङ्गजास्थित सिटी हलमा २०८१ बैशाख १४ गते शुक्रबार दिउँसो १ बजे देखि ३ बजे सम्म सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
उपभोक्ता विद्युत महसुल निर्धारणका लागि पेश गरेको निवेदनमा विद्युत नियमन आयोग ऐन, २०७४ को दफा २१ र नियमावली, २०७५ को नियम १९ बमोजिम सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था अनुसार आयोगले सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
आयोगद्वारा जारीसूचनाअनुसार सम्पूर्ण सरोकारवालाहरुसंग राय, सुझाव तथा प्रतिक्रिया लिने उद्धेश्यका साथ विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई संचालन निर्देशिका, २०७६ अनुसार तपसिल बमोजिम सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ ।
उक्त अवसरमा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानिय तहका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुने जनाइएको छ ।
आयोगले सरोकारवालाहरुले आयोगको कार्यालयमा लिखित रुपमा एवम् आयोगको इमेल ठेगाना -info@erc.gov.np_ मार्फत समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न भनेको छ । यस सम्बन्धमा बिस्तृत जानकारी आयोगको आधिकारिक वेवसाईट https://www.erc.gov.np/ मा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





