काठमाडौं । “दमौलीमा गेट” बोलको लोक दोहोरी गीतको रिमेक भर्सन सार्बजनिक भएको छ ।
नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रमा परिचित रहेका गायक तथा सर्जक राजेन्द्र कुमार कार्की ,गायक तथा सर्जक चन्द्र शर्मा र चर्चित गायक अमृत खाती एबम् प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी, सुनिता बागदास र सीमा थापाले ६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” बोलको गीतलाई संयूक्त रुपमा सार्बजानिक गरेका हुन्।
सुस्मा शाही ठकुरी अफिसियल युटुब मार्फत सार्बजनिक भएको उक्त गितको अडियो तर्फ लय राजेन्द्र कुमार कार्कीको रहेको छ भने शब्द सुस्मा शाही ठकुरी र राजेन्द्र कुमार कार्कीको रहेको छ।
उक्त गीतमा राजेन्द्र कुमार कार्की, अमृत खाती, चन्द्र शर्मा, सुस्मा शाही ठकुरी, सुनिता बागदास र सिमा थापाको आवाज रहेको छ भने गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । सुमन रानाको रेकर्डिङ रहेको उक्त गीतलाई मारुनी रेकर्डिङ स्टुडियोका कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गीतको भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् भने लोमस शर्मा र जुना बिश्वकर्माको उक्त गीतमा अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शृङ्गार स्वस्तिका श्रेष्ठ र भिडियो सम्पादन मनोज कार्कीको रहेको छ।
६० को दशक तिरै निकै चर्चाको शिखरमा रहेको उक्त गीतमा अहिले पनि नयाँ पन, रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






