भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका ६ ठूलोदुम्मामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कन्यादह विस्कुट्ने डाँडाको संरक्षणमा स्थानीय जुटेका छन् । ऐतिहासिक क्षेत्र रहेकोले यहाँको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यले स्थानीयबासी स्वतःस्फूर्त संरक्षणमा जुटेका छन् ।
स्थानीयवासीको सक्रियतामा यो डाँडामा रहेको ऐतिहासिक कन्यादह, मंगलबारे देवस्थलको संरक्षण भइरहेको छ । यो क्षेत्रको विकासमा जनस्तरबाट स्वतःस्फूर्त रूपमा काम भइरहेको स्थानीयबासी सुगम राई बताए । यहाँको कन्यादह तथा मंगलबारे देवस्थलमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको राईले बताए। यहाँको पूजाआजा राम्रोढंगले नभएमा गाउँमा नै नराम्रो अप्रिय घटना घट्ने उनको भनाइ छ ।
देश विदेशमा जाँदा आफ्नो काम पुरा होस् भन्ने कामनाले धेरैले यहाँको भाकल गर्ने स्थानीयबासी राईले बताए । संरक्षण अभावमा ऐतिहासिक पवित्र क्षेत्र ओझेलमा परेकोले यसको संरक्षण तथा विकासमा जुटेको राईले जानकारी दिएका छन । “यो क्षेत्रको निकै ठुलो ऐतिहासिक महत्त्व रहेको छ” उन ले भने , “संरक्षण अभावमा यहाँका कतिपय संरचना नामिट हुने अवस्थामा पुगेका छन् । यो स्थानलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकासका गर्न स्थानीयबासी जुटेका छौँ । अहिले कन्यादहको संरक्षणसँगै बृक्षरोपनको काम गरिरहेका छौँ ।” ठुलोदुम्मा क्षेत्रमा रहेका आतबारे देवस्थल, सोमबारे देवस्थल र मंगलबारे देवस्थलको निकै ठुलो धार्मिक महत्त्व रहेको छ ।
यी क्षेत्रमा विभिन्न समयमा पूजाआजासँगै मेला महोत्सव लाग्ने उनले बताए । मंगलबारे देवस्थल, कन्यादह, विस्कुट्ने डाँडा धार्मिकसँगै रमणीय पर्यटकीय क्षेत्र रहेकोले यहाँ धुपी, असोक, जामुन, आप, लिचीलगायतका बिरुवा रोपनको काम भइरहेको स्थानीयवासीको भनाइ छ । “ठुलोदुम्मा क्षेत्रमा आतबारे, सोमबारे र मंगलबारे गरी तीन वटा देवस्थल छन्” उनले भने “यी धार्मिक क्षेत्रको आ–आफ्नै विशेषता रहेको छ । संरक्षण अभावमा मंगलबारे देवस्थलमा रहेका कन्यादह विस्कुट्ने डाँडा ओझेलमा रहेकोले संरक्षणमा हामी जुटेका हौँ ।”
यो क्षेत्रको विकासका लागि वैदेशिक रोजगारीमा रहेका यहाँका युवाहरूले सहयोग पठाउने गरेको स्थानीयबासी हर्कराज राईले बताए । हालसम्म स्थानीयको श्रमदान र विदेशमा रहेका युवाहरूको सहयोगबाट चार लाख बराबरको काम गरिएको उनको भनाइ छ । यो क्षेत्रलाई संरक्षण गरेर देश विदेशमा चिनाउने योजनाका साथ काममा जुटेको उनले बताए । “यो क्षेत्रको विकासमा हामी स्थानीयबासी जुटेका छौँ” उनले भने, “हालसम्म विदेशमा रहेका युवाहरूबाट सहयोग प्राप्त भइरहेको छ । विदेशमा रहेर पनि आफ्नो गाँस काटेर सहयोग गरिरहेका छन । यो क्षेत्रको विकास गरेर देश विदेशमा चिनाउने लक्ष्यले संरक्षणको काम गरिरहेका छौँ ।”
स्थानीयस्तरमा केही काम गरेपछि मात्र राज्यको अन्य निकायमा सहयोगको लागि माग गर्ने योजना रहेको स्थानीयवासीको भनाइ छ । अहिले भने स्थानीयवासीले यहाँको विकासका लागि श्रमदानमार्फत काम गरिहरेका छन् । यो क्षेत्रबाट कावा खोला फाँट, धनकुटा जिल्लाको छिन्ताङ, हतुवागढी क्षेत्र, हिले बजार तथा मौसम सफा भएको समयमा विभिन्न ठाउँको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानीयबासी सङ्गम राईले बताएका छन । यहाँ आउने मानिसहरूलाई प्राकृतिक सुन्दरताले लोभ्याउने उनको भनाइ छ । स्रोत: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





