काठमाडौँ - माध्यमिक तहको प्लसटुको अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न आयोजना गरिएको राष्ट्रिय सम्मेलन गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ। ‘करियर कन्क्लेभ’ बिद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर आयोजना गरिएको नेपालको राष्ट्रियस्तरको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएका छन ।
प्रशिक्षणको आयोजक र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालमा करियर बनाउन केही चुनौती देखिएपनि ती चुनौतीको सामना गर्नुपर्ने बताए । उनले करियर बनाउन विदेश जानु मात्र नभएको भन्दै विद्यार्थीहरुले नेपालमा भविष्य बन्ने प्रसस्त ठाउँहरूको खोजि गर्नुपर्ने सल्लाह दिए। मन्त्री पौडेलले यो पुस्ताको करियर खोज्दा भोग्नुपरेका समस्याको नीतिगत सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने र युवा पुस्तालाई यही बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कि नोट मन्तव्य व्यक्त गर्दै आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले विद्यार्थीहरुमाझ अहिलेको प्रतिस्प्रधी बजारमा प्रतिस्पर्धाकाबीच पहिलो स्थानमा कसरी उभिने र १२ पास गरिसकेपछि अब तत्कालै के के कुरा गर्ने भन्ने भिजन प्रस्तुत गरे ।
सम्मेलनमा ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा नेपालको अग्रणी डिजिटल वाल्ट ईसेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सिईओ सुबाश सापकोटा, आईडियाप्रेन्योर नेपालका संस्थापक संजोग कोइराला, ह्याप्पी माइण्डसका संस्थापक श्रेया गिरीले प्यानलमा बहस गरेका थिए । उक्त बहस बाट विद्यार्थीहरुले व्यावहारिक ज्ञान र अहिलेको वास्तविक बजार बारे जानकारी पाएको आयोजकले जनाएका छन।
कार्यक्रममा क्यनका सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए। यस्तै नितेशजंग कुँवर र समृद्धि राईको सांगितीक प्रस्तुति र हास्य कलाकार सुमन कार्कीले प्रहसन प्रस्तुत गरेका थिए ।
सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको हो । भने पिसिपिएस कलेज सहप्रायोजकमा रहेको छ । यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसिसी ग्लोबल, एआई बैंकले सम्मेलनलाई प्रायोजनना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





