काठमाडौं - । नेपाल नृत्य निर्देशक संघले प्रथम राष्ट्रिय सम्मेलन २०८१ को तयारीका लागि अध्यक्ष र सचिवस्तरमा बृहत छलफल कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम २०८१ गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा हुने तय भएको छ । नृत्य निर्देशक संघ नेपाल केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रमको संयोजन नृत्य निर्देशक संघ नेपाल गण्डकी प्रदेश समितिले गरेको हो ।
कार्यक्रममा नेपाल नृत्य निर्देशक संघका अध्यक्ष वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रदीपमान श्रेष्ठ, उपाध्यक्ष शम्भु शाही, महिला उपाध्यक्ष भावना कार्की, उपाध्यक्ष ज्ञानबहादुर महर्जन, महासचिव नृपध्वज खत्री, सचिव ऋषिकेश श्रेष्ठ, कोषाध्यक्ष शारदा सोती शर्मा सहभागी थिए । , सहसचिव रवि राना मगर, सह–कोषाध्यक्ष केशव कोइराला तथा बोर्ड सदस्यमा प्रमिला कार्की ढकाल, बुद्ध लामा, सिर्जना श्रेष्ठ र सिर्जना राजबाहक, भोगेन्द्र मानन्धर, संगीता खड्की, महेन्द्र निरौला, देवेन्द्र कुँवर, मोहन तौजाले हुन । ,
उक्त भेलामा कोशी प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका अध्यक्ष र सचिवको उपस्थिति रहनेछ । साथै प्रदेश मातहतका जिल्ला, नगर तथा गाउँपालिकाका अध्यक्ष तथा सचिवहरुको समेत उपस्थिति रहने संघका सचिव तथा प्रवक्ता ऋषिकेश श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






