पोखरा - नेपाल नृत्य निर्देशक संघले राष्ट्रिय भेला २०८१ को तयारीका लागि अध्यक्ष र सचिवस्तरमा प्रमुख प्रारम्भिक छलफल गरेको छ । गण्डकी प्रदेशको पोखरामा आइतबार भएको प्रारम्भिक छलफल अनुसार पहिलो राष्ट्रिय भेला २०८१ गते २६ र २७ गते आयोजना गर्ने निर्णय भएको संघका सचिवरप्रवक्ता ऋषिकेश श्रेष्ठले जानकारी दिए । त्यसैले राष्ट्रिय भेलालाई कोशीप्रदेशका उत्कृष्टहरूको बारेमा बताउछन । नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र कर्णाली प्रदेशका सह–कोषाध्यक्ष केशव कोइरालाले भएको छलफल कार्यक्रममा संघका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको थियो । त्यसैगरी जिल्ला, नगर तथा गाउँपालिकाका अध्यक्ष र सचिवहरुको उपस्थितिको जानकारी दिएका छन ।
गण्डकी क्षेत्रको संगठनमा आयोजित प्रथम चरणको छलफल कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यता र संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपकुलपति गोरे गुरुले नृत्य सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने विद्यार्थीहरुलाई तालिम दिन सबै नृत्य निर्देशकहरुलाई बताएका छन । संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नेपाल सरकारलाई राष्ट्रिय नृत्य दिवस घोषणा गर्न आग्रह गर्दै देशभरका नृत्य निर्देशकलाई एकजुट भएर अगाडि बढ्न भने । करिब १२ घण्टासम्म चलेको उक्त छलफलमा सबै प्रदेश, जिल्ला तथा नगर अध्यक्ष तथा सचिवहरुले आ–आफ्नो योजना प्रस्तुत गरेको संघका कार्यसमिति सदस्य बुद्ध लामाले जानकारी दिए । पोखराको होटल रोयल प्यालासमामा भएको उक्त छलफल कार्यक्रममा गठित मूल समारोह समिति र उपसमितिले आ–आफ्नो जिम्मेवारी पूरा गरी कार्यक्रमलाई सफल बनाउन संघका केन्द्रीय महिला उपाध्यक्ष भावना काकलिे आग्रह गरेकी छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






