राजकुमार भट्टराई
खोटाङ - खोटाङको ऐसेलुखर्क गाउँपालिकामा १६३ वर्षअघि बनाइएको लाखेको मुकुट चित्रण गर्ने मूर्ति अनावरण गरिएको छ । ऐसेलुखर्क गाउँपालिका ३ ऐसेलुखर्क बजारमा बिक्रम संवत १९१८ सालमा बनाइएको मुखुण्डोको चित्रण गर्ने लाखेको मूर्ति अनावरण गरिएको हो । ऐसेलुखर्क गाउँपालिकाले उपलव्ध गराएको १६ लाखमा निर्माण गरिएको ढलौटको मूर्ति गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले अनावरण गरिएको हो । गाउँपालिकाबाट अनुदान पाएपछि नेवार सामाजिक गुठीले लाखेको ऐतिहासिक मुकुटको झल्को दिने मूर्ति बनाएको हो ।
ऐतिहासिक मुकुटको स्मरण र सम्मानमा लाखेको मूर्ति बनाएर राखिएको ऐसेलुखर्क गाउँपालिका ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले बताउछन । लाखेको मूर्ति राखेसँगै सो स्थानलाई लाखेचोक नामाकरण गरिएको छ । सबै समुदायको पहिचान झल्काउने प्रतिमूर्ति स्थापना गर्ने निर्णय अनुसार नेवार समुदायको लाखेको मूर्ति अनावरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताएका छन ।
ऐसेलुखर्क बजारमा विक्रम संवत १९१८ सालदेखि नेवार समुदायको बसोबास भएको हो । त्यही साल ऐसेलुखर्क देसारे निवासी श्रेष्ठ थरका कालीगढले घरेलु औजार प्रयोग गरेर गुराँसको काठबाट लाखेको मुकुट बनाएका थिए । अहिले सोही मुकुटको चित्रण गर्ने मूर्ति बनाइएको हो । मूर्ति निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ५ लाख र आर्थिक वर्ष २०८०र०८१ मा ११ लाख उपलव्ध गराएको नेवार सामाजिक गुठीका अध्यक्ष ध्रुव राजभण्डारीले बताउछन । ऐसेलुखर्कमा विक्रम संवत १९१८ सालदेखि बसोबास सुरु गरेको नेवार समुदायले विक्रम संवत १९३५ सालदेखि नागपञ्चमीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म लाखेजात्रा मनाउन सुरु गरेको इतिहास पाइन्छ ।
स्रोत : गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






