काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटी र पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूको एक टोलीले ‘बिस्मुथ अक्सी सल्फाइड नानोसिड पदार्थको फोटोक्याटालाइसिस’ उपयोगिताबारे नयाँ तथ्य पत्ता लगाएका छन ।
नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटीका प्राध्यापक डा. फिन यानको नेतृत्वमा भएको अनुसन्धानले विभिन्न उद्योग र अस्पतालबाट पानीमा मिसिने विषाक्त रसायनहरू ‘कङ्गो रेड’ र ‘रोज बेङ्गल’लाई ‘डिग्रेड’ गरी पानीको स्वच्छतालाई कायम राख्न सकिने देखाएको छ ।
‘बिस्मुथ अक्सी सल्फाइड’ आफैँमा नयाँ पदार्थ हो । यसको ‘फोटोक्याटालाइसिस’ प्रविधिको उपयोगिता पहिलोपटक गरिएको अनुसन्धानमा संलग्न नेपाली वैज्ञानिक टङ्क सेलिङको दाबी छ ।
उनका अनुसार घामको प्रकाशको उपस्थितिमा रसायनिक प्रतिक्रियामार्फत गरिने यो प्रविधि एकदमै वातावरणमैत्री छ । सेलिङले शिलापत्रसँग भने, ‘फोटोक्याटालाइसिस वातावरणमैत्री भएकाले ‘बिस्मुथ अक्सी सल्फाइड’को व्यावसायिक उत्पादन र प्रयोग गरी वातावरण सन्तुलनमा अतुलनीय सफलता प्राप्त गर्न सकिने सम्भावना छ ।’
अनुसन्धानबाट कम मूल्य र सहज प्रविधि प्रयोग गरी ‘बिस्मुथ अक्सी सल्फाइड’को उत्पादन र उपोगिताबारे सफलता हासिल भएकाले वैज्ञानिकहरू थप उत्साहित भएका छन ।
अनुसन्धान पियर रिभ्यू जर्नल ‘मेरेटियल लेटर्स’ को ३६१ (२०२४) भागमा प्रकाशन भइसकेको छ । यो अनुसन्धान पेपरको फर्स्ट अथर नेपाली वैज्ञानिक सेलिङ रहेका छन । उनी पाँचथरको ओयामका हुन ।
स्रोत : शिलापत्र अनलाइ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






