काठमाडौंँ । गीतकार निर्मलराज पौडेलको “बडा बडादशैँ बडा दशैँ, हर्षको आगमन” बोलको दसैँ गीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित सङ्गीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् ।
वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी दिपिका थापाले गरेकी हुन् । उक्त गीतमा कलाकार गोपाल ढकाल “छन्दे”, नवराज कार्कीका साथै वेलकम परिवारले अभिनयमा साथ दिएका छन् ।

गीतकार तथा गायक पौडेलले भने, “विगत दश–पन्ध्र वर्षअगाडिसम्म पनि बडादशैँको रौनक, खुसियालीको माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउँदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत, तथा प्रस्तुतिहरुलाई हाम्रा सन्ततिहरुले पनि थाहा पाऊन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका हौँ ।”
गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको तीज गीत पनि सार्वजनिक भएको थियो ।
https://www.youtube.com/embed/D2Z1IRKeV-M
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





