काठमाडौंँ । गीतकार निर्मलराज पौडेलको “बडा बडादशैँ बडा दशैँ, हर्षको आगमन” बोलको दसैँ गीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित सङ्गीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् ।
वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी दिपिका थापाले गरेकी हुन् । उक्त गीतमा कलाकार गोपाल ढकाल “छन्दे”, नवराज कार्कीका साथै वेलकम परिवारले अभिनयमा साथ दिएका छन् ।

गीतकार तथा गायक पौडेलले भने, “विगत दश–पन्ध्र वर्षअगाडिसम्म पनि बडादशैँको रौनक, खुसियालीको माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउँदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत, तथा प्रस्तुतिहरुलाई हाम्रा सन्ततिहरुले पनि थाहा पाऊन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका हौँ ।”
गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको तीज गीत पनि सार्वजनिक भएको थियो ।
https://www.youtube.com/embed/D2Z1IRKeV-M
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






