काठमाडौँ । प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहेका प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचन एवम् इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले २५ लाख रुपैयाको चेक संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।
मुलुकलाई विपत्ती आइलागेको अवस्थामा राहत तथा पुनस्र्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिए । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका मल्लले बाढी पहिरोबाट पीडित भएका परिवारको बीमा सहजीकरणका लागि पनि काम भइरहेको उनको भनाई छ ।
बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानी नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेका नागरिकका लागि सम्पत्तिको दाबी गर्न पनि आग्रह गरिएको अध्यक्ष मल्लले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





