काठमाडौँ । सुदुरपश्चिमको मनमोहक र सुन्दर पर्यटकीय क्षेत्र रामारोशनको प्रवर्धन र विकासका लागि रामारोशन महोत्सवको तयारी थालिएको छ । ‘बाह्रबण्ड अठारखण्ड’ ले परिचित प्रसिद्ध पर्यटकीय स्थानको प्रचारका लागि वैशाख २५ देखि ३१ गतेसम्मका महोत्सवको आयोजना गरिने भएको हो ।
महोत्सवमा स्थानीय कला तथा संस्कृतिसहितका विभिन्न सांस्कृतिक प्रर्दशन, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी र पर्यटकीय पदयात्राबाट रामारोशन क्षेत्रको प्रचारप्रसार गरिने बताइएको छ । “प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो रामारोशन क्षेत्रलाई चिनाएर देश–विदेशका पर्यटक भित्राएर आर्थिक समृद्धिको लक्ष्यले महोत्वको आयोजना गर्दै छौँ ।” महोत्वस आयोजक समितिका संयोजक जनक साउदले भने ।
स्थानीय उत्पादनको बजार प्रवर्धन तथा युवा पुस्तामा पर्यटनप्रति आकर्षण बढाउन समेत महोत्सव सफल रहने बताइएको छ । स्थानीय उत्पादनका परिकार, स्वास्थ्य र सुरक्षाको प्रबन्ध समेत गरिसकिएको संयोजक साउदको भनाइ रहेको छ । मुजाबगरमा आयोजना गरिने महोत्सवले पर्यटकीय क्षेत्र रामारोशनमा आन्तरिक र बाह्य पर्यटकका लागि घुमफिरमा सहजता हुने बताइएको छ । आयोजक पक्षका अनुसार महोत्सव अवधिमा रामारोशन क्षेत्रको बारेमा विस्तृत जानकारी दिने भएकोले सबैले लाभ लिन अनुरोध गरेको छ।
महोत्सवबाट सङ्कलन गरिएको रकम हालै आगलागीबाट प्रभावित जयगढ र साँफेबगरका आगलागी पीडितहरूको राहतमा सहयोग गर्ने आयोजक पक्षको भनाइ छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड, रामारोशन गाउँपालिका सहितका स्थानीय तहहरू र अन्य निकायको सहकार्य रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





