काठमाडौँ । सुदुरपश्चिमको मनमोहक र सुन्दर पर्यटकीय क्षेत्र रामारोशनको प्रवर्धन र विकासका लागि रामारोशन महोत्सवको तयारी थालिएको छ । ‘बाह्रबण्ड अठारखण्ड’ ले परिचित प्रसिद्ध पर्यटकीय स्थानको प्रचारका लागि वैशाख २५ देखि ३१ गतेसम्मका महोत्सवको आयोजना गरिने भएको हो ।
महोत्सवमा स्थानीय कला तथा संस्कृतिसहितका विभिन्न सांस्कृतिक प्रर्दशन, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी र पर्यटकीय पदयात्राबाट रामारोशन क्षेत्रको प्रचारप्रसार गरिने बताइएको छ । “प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो रामारोशन क्षेत्रलाई चिनाएर देश–विदेशका पर्यटक भित्राएर आर्थिक समृद्धिको लक्ष्यले महोत्वको आयोजना गर्दै छौँ ।” महोत्वस आयोजक समितिका संयोजक जनक साउदले भने ।
स्थानीय उत्पादनको बजार प्रवर्धन तथा युवा पुस्तामा पर्यटनप्रति आकर्षण बढाउन समेत महोत्सव सफल रहने बताइएको छ । स्थानीय उत्पादनका परिकार, स्वास्थ्य र सुरक्षाको प्रबन्ध समेत गरिसकिएको संयोजक साउदको भनाइ रहेको छ । मुजाबगरमा आयोजना गरिने महोत्सवले पर्यटकीय क्षेत्र रामारोशनमा आन्तरिक र बाह्य पर्यटकका लागि घुमफिरमा सहजता हुने बताइएको छ । आयोजक पक्षका अनुसार महोत्सव अवधिमा रामारोशन क्षेत्रको बारेमा विस्तृत जानकारी दिने भएकोले सबैले लाभ लिन अनुरोध गरेको छ।
महोत्सवबाट सङ्कलन गरिएको रकम हालै आगलागीबाट प्रभावित जयगढ र साँफेबगरका आगलागी पीडितहरूको राहतमा सहयोग गर्ने आयोजक पक्षको भनाइ छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड, रामारोशन गाउँपालिका सहितका स्थानीय तहहरू र अन्य निकायको सहकार्य रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






