काठमाडाैँ । हिमालयन राइडर्सले भरतपुरदेखि चितवनसम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । ‘एक्स्प्लोर रुकुम’ नारासहित यही जेठ १४ देखि १७ गतेसम्म ७ सय ६९ किलोमिटर मोटर साइकल यात्रा गरेको हो । सेन्ट्रल कलेजको परिसर भरतपुरबाट सुरु भएको यात्री मुग्लिङ, पोखरा, कुश्मा, बागलुङ, गल्कोट, रुद्रवेणी, बुर्तिवाङ, पाटिहाल्ने, लुगुम, महतगाउँ, रुकुमकोट, तकसेरा, पाल्पाको रानीमहल अवलोकन पश्चात् कालीगण्डकी करिडोर, गैँडाकोट हुँदै नारायणी नदि किनारमा पुगेर सम्पन्न भएको हो ।
सहभागी २४ यात्रीले विभिन्न स्थानको ऐतिहासिक, पर्यटकीय, धार्मिक तथा वस्तुस्थितिबारे जानकारी लिएका छन् । नयाँ ठाउँको अवलोकन गर्दै आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न मोटरसाइकल यात्रा गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिए ।
यात्राले सहभागीलाई आफ्नो देशको भौगोलिक अवस्थाबारे जानकारी गराउनुका साथै व्यवसायमा ऊर्जा थपिएको र यो यात्रा सोँचेभन्दा राम्रोसंग सम्पन्न भएको सह–संयोजक मोहन केसीले जानकारी दिए । “यात्रा अवधीभर सहभागीले नयाँ कुराको ज्ञान हासिल गर्नुभएको छ” उनले भने,–“नयाँ गन्तव्यमा यात्रा गर्दै त्यहाँको बारेमा जानकारी लिन पाउँदा सहभागीहरु सन्तुष्ट हुनुहुन्छ, यस्ता कार्यक्रमलाई आगामी दिनमा अगाडि बढाउँदै जानेछौँ” । संयोजक श्रेष्ठले यात्रा सफल बनाउन विभिन्न स्थानबाट सहजीकरण गर्ने व्यक्ति, संघ संस्था, जनप्रतिनिधि, अटोमोबाइल व्यवसायी लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
रूकुम लगायत नेपालका हिमाली क्षेत्रले पर्यटनका लागि अथाह सम्भावना बोकेकाले ती क्षेत्रहरूको प्रचार–प्रसार जरूरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






