ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक वृद्धि भएका छन् । पछिल्लो वर्ष कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०८१/८२ मा झण्डै २४ प्रतिशतले पर्यटकको आगमन वृद्धि भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्याल्यका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार गएको आवमा ४० जना नेपाली र ५८ जना सार्क मुलुकका पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण छन् ।
यस्तै सार्क मुलुक बाहिरका एक हजार २४६ जना विदेशी पर्यटकसमेत गरी कुल एक हजार ३४४ जना पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा २९ जना नेपाली, ३९ जना सार्क मुलुक र एक हजार १७ जना सार्क मुलुक बाहिरका गरी कुल एक हजार ८५ जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका अनुसार आव २०८०/८१ भन्दा २०८१/८२ मा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या २३.८७ प्रतिशतले वृद्धि भएको छ । यता पर्यटकको आगमनमा वृद्धि भएसँगै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् तथा संरक्षण क्षेत्र कार्यालयबाट राजस्व सङ्कलनमा पनि झण्डै ३१ प्रतिशतले वृद्धि भएको छ ।
संरक्षण अधिकृत यादवका अनुसार आव २०८१/८२ मा ४४ लाख ३७ हजार ८९ रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्कलित उक्त राजस्व रकममध्ये पर्यटन शुल्क (हेलिकोप्टर समेत) बाट २४ लाख ७० हजार ७९३ रुपियाँ, वन क्षेत्रको रोयल्टीबापत १८ लाख ९१ हजार ६०२ रुपियाँ, बेरुजु दाखिला २६ हजार १९ रुपियाँ र वन क्षेत्रको अन्य आयबाट ४८ हजार ६७५ रुपियाँ रहेको छ ।
अघिल्ला आव २०८०/८१ मा कुल ३४ लाख तीन हजार ४९३ रुपियाँ राजस्व सङ्कलन भएको थियो । उक्त रकममध्ये हेलिकोप्टर समेतको पर्यटन शुल्कबापत २२ लाख २१ हजार ४०० रुपियाँ, पर्यटन क्षेत्रको रोयल्टीबापत ११ लाख ४२ हजार ६४८ रुपियाँ र वन क्षेत्रको अन्य आयबाट ३९ हजार ४४५ रुपियाँ राजस्व सङ्कलन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





