कोशी प्रदेश अन्तर्गत मध्य पहाडी क्षेत्रको विशेष गरी किरात जातिको सांस्कृतिक विविधता रहेको, भाषा, धर्म, संस्कार, संस्कृति जिवन्त रहेको, प्रकृतिका सौन्दर्यले भरिपुर्ण, जैविक विविधता, वन्यजन्तु, जलाधार र सिमसार पोखरीहरुले भरिपुर्ण नेपालको घुम्नैपर्ने १०० गन्तव्यमध्ये एक नयाँ पदमार्ग हो ‘मुन्दुम ट्रेल’ । किरात जातिको प्राग इतिहास, जीजन दर्शन, ज्ञान विज्ञान, सिप कला कौसल, सभ्यता, संस्कार संस्कृति, मौलिकपनको एकीकृत रुप नै ‘मुन्दुम’ हो ।
‘मुन्दुमि’ हरुले नियामा (समुन्द्रको मैदान) देखि चोमोलुङ्मा (सर्वोच्च शिखर सगरमाथा) सम्म शक्ति र ज्ञानको लागि आध्यात्मिक यात्रा गर्दा हिँड्ने बाटो यही भएकोले यस पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ भनिएको हो ।
खोटाङ जिल्ला र भोजपुर जिल्लाको सिमाना चखेवा भन्ज्याङदेखि मेहेरुङ डाँडा, मैयुङ डाँडा लौरी डाँडा, साल्पा पोखरी, सिलिचुङ चुचुरा पुगेर पुनः मैयुङ डाँडा, सुन्तले डाँडा, डेलीखर्क हुँदै भोजपुर बजारसम्मको पदमार्गलाई हाल ‘मुन्दुम ट्रेल’ पदमार्ग भनेर नामकरण गरिएको छ ।

मुन्दुम ट्रेलको प्रमुख पर्यटकीय आकर्षणहरुः
प्राकृतिक आकर्षणः
८००० मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८) लगायत, लोत्से (८५१६), लोत्से सार (८३८२), मकालु (८४६३), चोयु, कञ्चनजङ्घा (८५८६) गरी ६ वटा हिमाल यो पदमार्गबाट आँखा अगाडि देख्न सकिन्छ जुन नेपालको कुनै पदमार्गबाट देख्न सकिँदैन । त्यति मात्र होइन दुध कुण्ड, कार्यलुङ, कुसुमखाङ, आमादाब्लाम, थामसेर्कु, क्यासर, खाङ्तेगा, चाम्लाङ, मेरा पिक, बरुण हिमाल, कुम्भकर्ण हिमाल लगायत पश्चिममा गौरीशंकर हुँदै लाम्टाङ हिमालसम्मको करिब ४५ वटा पिक हरु हेर्न पाइन्छ । दक्षिणमा सप्तकोशीको फाँटसम्म देख्न सकिन्छ ।
यो पदमार्गअन्तर्गत टेम्के डाँडा (३०१० मि), मेहेरुङ डाँडा, मात्तिम डाँडा, हाँस पोखरी, मैयुङ डाँडा (३३३३ मी), सुन्तले डाँडा, लौरी डाँडा, साल्पा पोखरी (३७५०) र सिलिचुङ डाँडा (४१५५मि) प्रमुख आकर्षण हुन् । यसमध्ये साल्पा पोखरी र सिलिचुङ डाँडा विशेष महत्वका क्षेत्र हुन् ।
सांस्कृतिक आकर्षणः
यो पदमार्गको चारैतर्फ १० भाषी किरात जातिका संस्कार, संस्कृति, चाडपर्व, खानपान, जीवन पद्धति जिवन्त रहेको छ । यसको अलाबा शेर्पा, तामाङ र अन्य समुदायको पनि संस्कृति अवलोकन गर्न पाइन्छ । यो पदमार्गको हरेक ठाउँ विशेषको नाम मुन्दुमसँग जोडिन्छ ।
यसमध्ये साल्पा पोखरी सिलिचुङ किरातहरुको पवित्र धार्मिक अध्यात्मिक तिर्थस्थल हो । किरात जातिका सृष्टिकर्ता आदिम पुर्खा सुम्निमा र पारुहाङ बसोबास गरेको र किराती जातिको सृष्टि गरेको स्थानको रुपमा साल्पा पोखरी क्षेत्रलाई मानिन्छ । किरात मुन्दुमी, धामी, बिजुवा र नाक्छोङहरुले साल्पा पोखरी र सिल्चुङ क्षेत्रलाई आफ्ना गुरु बस्ने स्थान र अध्यात्मिक शक्तिका केन्द्रको रुपमा हालसम्म पनि पुजा प्रार्थना गरिआइएको छ । यो पदमार्गमा मुन्दुमी संस्कृति विशेष रुपमा हेर्न सकिन्छ ।

जैविक विविधताः
१. घना जंगल, प्रचुर पानीको स्रोत र ठुला घाँसे खर्कहरुको क्षेत्र भएकोले विभिन्न प्रजातिका फुलहरु, जडिबुटीहरु, बिभिन्न प्रजातिका गुराँस र चिमलका घना जंगलहरु, मालिंगो प्रजातिका बाँसहरु, लोपुन्मुख रेड पाण्डा, भिर माहुरीका घारहरू, मृग, घोरलको सिकार गर्ने ‘हिमाली चिल’ का बासस्थान र गतिविधिहरु, जंगलमा पाइने जंगली किबी फलहरु लगायत बाघ, भालु, मृग, घोरल, थार, डाँफे, मुनाल, कालिज, दुर्लभ राजपन्छी (छालाको पखेटाले उड्ने चरा) आदिको अवलोकन यो पदमार्गमा गर्न सकिन्छ ।
गोठाले संस्कृतिः
घाँसे खर्कको प्रचुरताले यो क्षेत्रमा चौँरी पालना, भेडा पालन, गाई भैँसी पालन गर्ने हुँदा पदमार्ग आसपास रहेका करिब २०० गोठहरुमा गोठालेहरुको जीवनपद्धति पनि अवलोकन गर्न पाइन्छ ।
पदमार्गको प्रकृतिः
यो पदमार्गमा १० वर्षदेखि ७५ वर्ष उमेर समुहका पर्यटकहरु समेत सजिलै यात्रा गर्न सक्ने प्रकृतिको छ । उकालो ओरालो धेरै गर्नु नपर्ने, नजिकबाट हिमालको काखमा पुगेको अनुभव गर्न पाइने सांस्कृतिक विशेषतायुक्त छ । साथै यो पदमार्ग भएर एभरेस्ट बेस क्याम्प, अरुण भ्याली ट्रेक, मकालु ट्रेक, हुन्कु भ्याली ट्रेक गर्न सकिने प्रकृतिको छ ।
मुन्दुम पदमार्गमा गर्न सकिने साहासिक गतिबिधिहरुः
१. मैयुङ डाँडाको टपदेखि खर्क –खर्क हु्ँदै मात्तिम डाँडाको टपसम्म ‘माउन्टेन साइक्लिङ’ गर्न सकिन्छ ।२. सावा झरना सावा गाउँ र महभीर झरना टेम्के डाँडा मुनि ‘क्यानोइङ’ गर्न सकिन्छ । जसको लागि नट, रोप लगायत पूर्वाधार तयार भइसकेको छ ।३. गाँथली भीर भँसीपंखा भोजपुरमा रक क्लाइम्बिङका लागि पुर्वाधार तयार गरिएको छ ।४. प्रत्येक वर्ष मुन्दुम ट्रेल अन्तर्गत हुने ‘मुन्दुम ट्रेल अल्ट्रा रेस’ मा सहभागी हुन सकिन्छ । हाल सम्म २०७४, २०७५ र २०७६ को प्रतियोगिता सम्पन्न भइसकेको ।
५. फेदी गाउँ, सुङ्देल, दोभाने क्षेत्रका भीरहरुमा परम्परगत ढंगबाट भीर माहुरी काढ्ने (जयलभथ जयलतष्लन) गतिविधिमा सहभागी हुन सकिने ।६. सरस्वतीगुफा टक्सार, भोजपुरमा कम्तीमा १ घण्टा गुफाभित्र भ्रमण गर्न सकिने ।

मुन्दुम ट्रेलका अन्य आकर्षणः
१. मुन्दुम ट्रेलको भ्रमण गर्ने क्रममा खोटाङ तर्फबाट जाँदा हलेसी गुफा, किरातहरुले कृषि सभ्यताको विकासको सुरुवात गरेको स्थान तुवाचुङ जायाजूम, होलेसुंग गढी, माहुरे गढी, रुपाकोट डाँडा, मझुवा गढीको भ्रमण गर्न पाइन्छ भने भोजपुर तर्फ सिद्धकाली मन्दिर, खिवाहाङ गढी, खिकाम गढी, ऐतिहासिक टक काट्ने स्थान ‘टक्सार बजार’ रुद्राक्षको राजधानी तथा बालागुरु षडानन्दको तपोभूमि दिङ्ला बजारको पनि भ्रमण गर्न सकिन्छ ।२. विश्वप्रसिद्ध भोजपुरको खुकुरी, टक्सारको धातुका घरायसी सामग्री, अल्लो खाडीका कपडा, लोक्ताको सामग्री, मालिङ्गो बाँसका बिनायो, कोक्रो, सजाउने सामग्री, यलम्बर बाजा, मुर्चुङ्गा जस्ता मौलिक उपहारजन्य सामाग्रीहरु, भेडाको उनबाट बनेको राडी पाखी, चौ“रीको छुर्पी आदि उपहार लैजान पाइन्छ ।३. फिल्म सुटिङका लागि प्राकृतिक सौन्दर्यको लागि धरै ठाउँ खोज्नुपर्दैन यसको लागि मुन्दुम ट्रेल काफी छ ।४. सप्तकोशीदेखि सगरमाथासम्मको ‘ग्रेटर मुन्दुम ट्रेल’ को समेत पदयात्रा गर्न सकिन्छ । जहाँ दुधकोशीमा र्र्य फ्टिङ गर्दै कोशी टप्पुको वाइल्डलाइफ समते अवलोकन गर्न सकिन्छ ।
पदमार्गमा हाल उपलब्ध पुर्वाधारहरुः

आर्थिक लाभ रोजगारी सिर्जनाः
मुन्दुम ट्रेलको विकाससँगै यो पदमार्ग भएर पाँचपोखरी मेरा ट्रेक, अरुण भ्याली ट्रेक र एभरेस्ट बेस क्याम्प ट्रेक जाने विदेशी पर्यटकहरुको ठुलो संख्याले यो पदमार्ग पछ्याउने भएकोले अन्य रुटमा जाने विदेशी पर्यटक मार्फत पनि ठुलो आम्दानी यो क्षेत्रको बासिन्दाले प्राप्त गर्ने छन् । यसको अलाबा आन्तरिक पर्यटक, तिर्थ यात्री, छिमेकि मुलुकका पर्यटकहरुबाट पनि प्रचुर लाभ लिन सकिनेछ । विशेष गरेर निम्न कुराहरु मार्फत लाभ लिन सकिन्छ ।
१. पर्यटकीय क्षेत्रमा विशेष रोजगारी सिर्जना हुनेछ । जसको विशेष लाभ पनि स्थानीय समुदायले नै प्राप्त गर्नेछ ।

मुन्दुम ट्रेलको महत्वः
मुन्दुम ट्रेल itinerary:
दोस्रो दिनः दिक्तेल–चखेवा भन्ज्याङ (लन्च)– टेम्के डाँडा (रेस्ट) टेम्के डाँडा साइट सिन
तेस्रो दिनः चखेवा–दलसिंगे (लन्च)– धोत्रे भन्ज्याङ (रेस्ट)
चौथो दिनः धोत्रे भन्ज्याङ–जलजले–हाँस पोखरी (लन्च र रेस्ट) हाँस पोखरी, मैयुंङ डाडा, मात्तिम डाडा साइट सिन
पाँचौ दिनः हाँस पोखरी–ह्याकुले (लन्च) – रावा धाप (क्याम्प)
छैटाँ दिनः रावा धाप–निकास (लन्च)– साल्पा पोखरी (क्याम्प)
सातौँ दिनः साल्पा पोखरी–सिलिचुङ डाँडा चढ्ने–साल्पा पोखरी (लन्च र क्याम्प)
आठौँ दिनः साल्पा पोखरी–रावा धाप (लन्च)– ह्याकुले डाँडा (क्याम्प)
नवाँ दिनः ह्याकुले डाँडा–सातदोबाटो (ब्रेकफास्ट)– हाँस पोखरी (लन्च र रेस्ट)
दशौँ दिनः हाँस पोखरी–बाघखोर–सुन्तले (लन्च)– भोजपुर (रेस्ट)
एघारौँ दिनः भोजपुर बजार, टक्सार बजार साइट सीन, रक क्लाइम्बिङ सेन्टर भ्रमण (होंकु रिसोर्ट साम्पाङ चोक रेस्ट)
बाह्रौँ दिनः भोजपुरदेखि काठमाडाँ (बस वा हवाई जहाज मार्फत)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान


ट्रेन्डिङ
रमेश राई







