रचनात्मक पत्रकारिताबारे नेपाली हाते पुस्तक प्रकाशित भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तक सोमबार सार्वजनिक गरिएको प्रकाशक सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ ।
सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो ।
प्रविधिको तीव्र विकाससँगै नकारात्मक समाचारको व्यापक फैलावटका कारण पत्रकारिताप्रति खस्किरहेको विश्वासलाई रचनात्मक पत्रकारिताले पुनर्स्थापित गर्ने अपेक्षाका साथ विश्वका विभिन्न देशमा यसको अभ्यास बढिरहेको सापकोटाले जानकारी दिए । पुस्तकले उक्त अभ्यास अवलम्बन गर्न र अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्ने अपेक्षा लिएको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल–पिएचडी शोध गरिरहेका लेखक कोइरालाले रचनात्मक पत्रकारिताबारे विश्वमा भइरहेका अभ्यास र चलिरहेका अभियानको आँखीझ्याल स्वरूपमा पुस्तक तयार पारिएको बताए ।
उनले भने, ‘शोधका लागि अध्ययन गर्ने क्रममा रचनात्मक पत्रकारिताको अभ्यास नेपाली सन्दर्भमा पनि अपरिहार्य रहेको बोध भयो । त्यसैले प्राप्त ज्ञानलाई बाँड्दै जाने उद्देश्यका साथ पुस्तकको स्वरूपमा काम गरिएको हो ।’
डेढ दशकभन्दा बढी विभिन्न भूमिकामा पत्रकारिता अभ्यास गरेका कोइराला पत्रकारिता अध्यापनमा समेत संलग्न छन् । समाधान पत्रकारिताका लागि सोलुसन्स जर्नालिज्म नेटवर्कबाट मान्यताप्राप्त प्रशिक्षक उनले यसअघि लेखनमा ‘कला अनुरागी’ नाम प्रयोग गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







