भदौ । एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार नक्सालस्थित आयोजित एक समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउने र प्रवद्र्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गरे । उनँले भने, “हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्व बजारमा स्थापित गर्न चाहेका छौं र यो हाम्रो दीर्घकालीन प्रतिबद्धता समेत हो ।” उक्त अवसरमा हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको धारणा राखे ।
“यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो, स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिम मार्फत् दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौं”, उनले भने ।यो साझेदारी तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्ने रहेको छ । जसको थालनी एशिया र अष्ट्रेलियाबाट हुनेछ । यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्नेछ । नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ ।
सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीको Gallery by Himalayan Java आउटलेटहरु सञ्चालन गर्दै आइरहेको छ ।
यस लगानीले हिमालयन जाभाको बिक्री वृद्धि हुने, विश्व बजारमा निर्यात गर्ने अवसरको सम्भावना बढाउने विश्वास लिइएको छ । यसका साथै किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनभित्र समावेश हुने सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने एनआईबीएल इक्विटी पार्टनर्सले अपेक्षा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मीनप्रकाश ओलीको राष्ट्रभक्तिमा समर्पित ‘के भयो भयो जगतमा’
- सुन र चाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
- सरकारले एकसाथ हुत्याउन लागेका नियुक्ति के–केमा छन् ?
- अध्यादेशको कारण दबाबमा राष्ट्रपति, आज कानुनविद्हरुसँग परामर्श
- आज कुन देशको मुद्रा कति छ ? यस्तो छ विनिमयदर
- रास्वपा संसदीय दलको बैठकमा रविको १२ बुँदे निर्देशनः के के छन् ती १२ बुँदामा ?
- पोर्चुगलमा विशेष कार्यक्रमका साथ २५७० औँ बुद्घजयन्ती मनाइँदै
- आज यी स्थानमा वर्षा हुरीको सम्भावनाः मौसम विभागले गर्यो सचेत रहन आग्रह


ट्रेन्डिङ
खबरमुकाम







