रेसुङ्गा । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको देउराली पार्क पर्यटकीय गन्तव्य बनाउने गरेर पर्यटकीय संरचना निर्माणको काम अगाडि बढाइएको छ । पछिल्ला वर्षहरुमा निरन्तर धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण देउरालीमा पर्यटकीय संरचनाहरु निर्माण हुँदै गएका छन् ।
इस्मा देउराली पर्यटन पार्क तथा पूर्वाधार निर्माणका लागि पारिलेक कन्स्ट्रक्सन पाल्पाले ५४ लाख २१ हजार ५२१ रुपियाँमा सम्झौता गरेको गाउँपालिकाका इन्जिनीयर हरिप्रसाद पाण्डेले जानकारी दिए । यो योजना २०८१ माघ २७ गते सम्झौता भएर २०८२ जेठ ३० सम्पन्न भएको थियो ।
सम्झौता अनुसार देउराली क्षेत्रमा गेट, गोलघर, वाल, नेपालको राष्ट्रिय झण्डा, बुद्ध मूर्ति, मन्दिर, काउन्टरसहितको गार्ड रुम र केहि इलेक्ट्रिक काम भएको इन्जिनीयर पाण्डेले बताए ।
बर्से र चैते दशैँमा विशेष रुपमा पूजा हुने देउरालीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि संघ र प्रदेश सरकारको तर्फबाट विभिन्न कामहरु भइरहेका छन् । देउरालीमा २०७९ सालमा पनि डिभिजन वन कार्यालय गुल्मी मार्फत उद्यान पार्क निर्माणको काम भएको थियो । उद्यानका लागि १२ लाख ४८ हजार ३६२ रुपियाँमा इस्माली देउराली, कन्स्ट्रक्सन रेसुङ्गा नगरपालिका–२ ले काम गरेको थियो ।
अहिले उद्यानका संरचना तोडफोड भएका छन् । पार्कलाई व्यवस्थित बनाउँदै लैजाने उदेश्यले संरचना थप्ने र हेरालु मार्फत संरक्षण तथा व्यवस्थापनको काम भइरहेको देउराली मन्दिर संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष गनु प्रसाद अधिकारीले जानकारी दिए । गुरुङ्ग गाउँ कल्यार र मुख्य सडकबाट देउराली क्षेत्र नजिक भएकाले कल्यारलाई होमस्टे तथा देउरालीलाई घुम्ने प्रसस्त संरचनासहित विकास गर्ने आफुहरुको उद्देश्य रहेको बताए।
उच्च भूभागमा देउराली भएकाले खानेपानीको समस्या छ । सडक स्तरोन्नतीको काम भएको छैन् । नजिकै ठुलो खानेपानी ट्याङकी भएपनि देउराली पुग्नेहरुलाई पानी प्यास लागे घर फर्किने र अत्यन्तै साना बच्चाहरुको पनि शुल्क उठाउन रोक्नुपर्ने पार्क पुग्नुभएकी इस्मा गाउँपालिका- ५ की बसन्ती न्यौपाने अर्यालले गुनासो गरे । उहाँले पछिल्लो समय देउरालीमा पर्यटकीय संरचना थप हुँदै जानु सुखद बिषय भएकाले व्यावस्थापनमा जोड दिए।
देउराली पार्क धार्मिक बिषयले ऐतिहासिक र प्राकृतिक रुपमा सुन्दर भएकाले विस्तारै पर्यटकीय गन्तव्य बनाउने गरेका काम गरिएको इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतले जानकारी दिए । उनले अहिलेसम्म संघ र प्रदेश मार्फत बजेट व्यावस्थापन गरेर आवश्यक संचरना निर्माण भइरहेकाले डिपिआरअन्तर्गतका अझै धेरै काम गर्न बाँकी रहेको बस्नेतले बताए । उनले देउरालीको लागि गत वर्ष ६७ लाख रुपियाँ बजेट विनियोजन भएकाले इस्मा गाउँपालिका मार्फत कार्यान्वयन गरिएको बताए । दुई वर्ष पहिले प्रदेशमार्फत करिव साढे १२ लाख रुपियाँका संरचनाहरु निर्माण भएको वस्नेतले बताए ।
टोपलाल अर्याल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





