सुदूरपश्चिकाे पर्वतीय पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले अपी हिमालको आरोहण गरिने भएको छ। सो हिमालको आरोहण गर्न २१ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा आयाेजित विदाई कार्यक्रममा बाेल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आराेहीकाे टोलीलाई बिदाई गरेको छ।
उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे । नेपाल सरकारले हालै मात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण प्रारम्भ भएको हो।
बिदाई कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण साधना रहेको बताउँदै शेर्पा तथा गैर-शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणको क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे।
“यो अभियानले स्थानीयस्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,” मन्त्री पाण्डेले भने ।
अपी गाउँपालिकाबाट समेत संलग्न टोलीमा २१ जना आरोही सहभागी छन्। आरोहण अभियानमा जोखिम रहे पनि स्थानीयलाई समेत समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणको क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ।
यसले दुर्गम र कम परिचित हिमालहरूमा साहसिक पर्यटक र आरोहीहरूलाई नयाँ अवसर दिने विश्वास गरिएको छ । नेपालमा ५ हजार ५ सय मिटरभन्दा माथि रहेका ३ हजार ३ सय १० हिमालमध्ये ९७ हिमाल आरोहणका लागि अब रोयल्टी लाग्ने छैन्। तीमध्ये ७७ हिमाल कर्णालीमा र २० हिमाल सुदूरपश्चिममा रहेका छन् । यी हिमालहरूको उचाइ पाँच हजार ८ सय ७० मिटरदेखि सात हजार १ सय ३२ मिटरबीचका रहेका छन् ।
लामो समयदेखि रोकिएको नेपाल पर्वतारोहण संघको आधारभूत पर्वतारोहण तालिम यसपटक पुनःसुरु भएको हो। यसमा अपी सैपालले आर्थिक सहयोग गरेको छ भने नेपाल पर्यटन बोर्ड अन्तरगत जीविकोपार्जन पुनः स्थापनाका लागि दिगो पर्यटन परियोजनाले पनि आवश्यक बजेट उपलब्ध गराएको छ । अपी सैपाल गाउँपालिकाका अध्यक्ष स्वयं पर्यटन प्रवर्द्धनमा सक्रिय छन् ।
माउन्टेन गाइडअन्तर्गत समर स्किल तालिम अपि हिमालमा गर्नुको उद्देश्य अपि हिमाललगायत सुदूरपश्चिमका हिमालहरूको प्रवर्द्धन गर्नु र पर्यटन विकासमा टेवा पुर्याउनु रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




