
काठमाडौँ । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा यहिभाद्र २१ गते शनिबार एक रोमाञ्चक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
यस कार्यक्रममा नेपालका चर्चित युवा आइकन गायक नितेश जंग कुँवरले मुख्य आकर्षणका रूपमा आफ्नो प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आआफ्नो प्रस्तुति मार्फत साँझलाई थप रोमान्चक बनाउने छन्।
साँझ ४ः३० बजे सुरु हुने कार्यक्रमको टिकट मूल्य प्रतिव्यक्ति रु दुई सय तोकिएको छ। तर, विराटनगर किङ्सको जर्सी लगाएका दर्शकलाई भने टिमका समर्थकका लागि प्रदान गरिने विशेष सम्मान स्वरूप निःशुल्क प्रवेश दिइनेछ । यस विशेष पहलमार्फत टिमले आफ्ना समर्थकप्रति आभार प्रकट गर्दै कोशी प्रदेशका सम्पूर्ण दर्शकलाई “कोशीको गौरव, हाम्रो पहिचान” भन्ने मूल मन्त्रमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ।
कार्यक्रमबारे बोल्दै विराटनगर किङ्सका मालिकहरूमध्ये एक वेङ्कटेश मुन्द्राले भने, “विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्धगराउँदै आएको छ। अब संगीत, संस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग नजिक हुन चाहन्छौं। यो कन्सर्ट हाम्रा समर्थकलाई आभार व्यक्त गर्दै नेपाल प्रिमियर लिगअघि कोशीको उत्साहलाई अझ प्रबल बनाउन आयोजना गरिएको हो।”
नेपाल क्रिकेट संघका अनुसारआगामी नेपाल प्रिमियर लिगमा आठ टोली सहभागी हुनेछन् र प्रतियोगिता मङ्सिरदेखि सुरु हुने तय भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय; काठमाडौं शाखा
- जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
- एनआईसी एशिया बैंकका ग्राहक महानुभावलाई उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध
- केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्बन्धमा
- थःने या (माथिल्लो टोलको जात्रा)
- सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य
- महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
- दसैंमा नाचिने सख्या नाच थारू बस्तिमा सुरू