कोरियामा अध्ययन गर्न चाहने विद्यार्थी लक्षित बृहत कोरिया शैक्षिक मेला–२०८२ आज

(केक्यान) को आयोजनामा उच्च शिक्षा अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गरि बृहत कोरिया शैक्षिक मेला २०८२ काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भदौ २१ गते शनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म शैक्षिक मेला संचालन हुने बारेमा आज मिति २०८२ भाद्र २० गते शुक्रबारका दिन नेपाल हाउस हात्तिसारमा हरुको बनाउने छ भन्ने आसाका साथ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लामो समयदेख कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई सहजीकरण गर्दै आएका २३ कल्सल्टेन्सीका ७० भन्दा बढी तालिमप्राप्त  एवं अनुभवी प्रशिक्षकबाट  विद्यार्थीलाई परामर्श दिइने केक्यानका अध्यक्ष विष्णु खड्काले जानकारी दिए।

निबार बिहान ९ बजे देखि बेलुका ४ बजेसम्म आयोजना हुने मेलामा कोरियाका शैक्षिक अवसरहरू, छात्रवृत्ति, अध्ययन प्रक्रिया, भिषा प्रक्रिया, पाठ्यक्रमका बारे जानकारी दिइने केक्यानले बताएको छ ।

 मेलाबाट दुई हजारभन्दा बढी विद्यार्थी र अभिभावकहरुलाई  परामर्श  प्रदान गर्ने उद्देश्य राखिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत केक्यानले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले भने,  ‘मेलामा केक्यानमा आबद्ध सदस्य शैक्षिक परामर्शदाताहरु र नेपाली विश्व विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहनेछ। मेलाबाट विद्यार्थीले शत प्रतिशतसम्म छात्रवृत्ति पाउँछन्।छात्रवृत्ति प्रतिशत विद्यार्थीको जिपिए र आइइएलटिएस स्कोरले निर्धारण गर्छ।‘

पत्रकारको प्रश्नको जवाफ दिँदै निवर्तमान अध्यक्ष गणेश शर्माले एकैठाउँमा २३ कन्सल्टेन्सीका ७० भन्दा बढी प्रशिक्षकबाट परामर्श पाउने भएकाले मेला कोरिया जाने विद्यार्थीलाई राम्रो मौका हुने बताए।

‘विद्यार्थीले आफूले मनपर्ने परामर्शदाता र प्रशिक्षकबाट कोरियाका विश्वविद्यालय र शैक्षिक संस्थाबारे जानकारी लिने यो सुनौलो मौका हो, शर्माले भन्नुभयो, ‘साथै केही भाग्यशाली विद्यार्थीले राम्रो छात्रवृत्ति पनि प्राप्त गर्छन्।

कोरिया शैक्षिक परामर्श संघ नेपालले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाहरुलाई संगठित गर्दै, स्वदेश तथा विदेशमा  उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी, अभिभावक र शैक्षिक परामर्शदाता संस्थाहरुको हक हितका लागि स्थापना भएका शैक्षिक संस्थाहरुको छाता संस्थाको रुपमा काम गर्ने उदेश्यले कोरिया शैक्षिक परामर्श संघ नेपाल संघ संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको मुनाफा रहित गैरसरकारी संस्था हो।

कोरिया वैज्ञानिक मेला द्दण्डद्दू को सन्दर्भमा आयोजित पत्रकार सम्मेलन सफलता साथ सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं। उक्त कार्यक्रममा सबै उपस्थित पत्रकार तथा मिडिया प्रतिनिधि हरुको उपस्थिति, साथ, र सहयोगले सम्मेलनलाई अझ अर्थपूर्ण बनाउने छ भन्ने आसाका साथ हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै