काठमाडौँ । जेनजी आन्दोलनमा सहभागी युवामाथि भएको दमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आक्रोश र दुःख व्यक्त गरेको छ ।
सोमबार राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै शान्तिपूर्णरूपमा आफ्ना अधिकार, भविष्य र समान अवसरका लागि आवाज उठाइरहेका युवामाथि राज्य शक्तिको प्रयोग गरेर गरिएको दमन निन्दनीय भएको उल्लेख गरिएको छ ।
नेसनल प्याब्सनले सहादत प्राप्त गरेका विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्तजनमा समवेदना व्यक्त गरेको छ । साथै आन्दोलनमा घाइते भएका सबै युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विज्ञप्तिमा सरकारले तीन बुँदा सम्बोधन गर्नुपर्ने माग राखिएको छ । तीमध्ये शान्तिपूर्ण आन्दोलनमा संलग्न विद्यार्थीमाथि भएको दमन तत्काल बन्द गर्न, सहादत प्राप्त विद्यार्थीहरूको सम्मान र न्यायका लागि दोषीलाई कानूनी कारबाहीमा ल्याउन र घाइते युवाको पूर्ण तथा उचित उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
नेसनल प्याब्सनले सम्पूर्ण विद्यार्थी, अभिभावक, नागरिक समाज र सरोकारवालालाई संयमता अपनाई शान्तिपूर्ण दबाबमार्फत न्याय र अधिकार सुनिश्चित गर्ने साझा अभियानलाई अघि बढाउन आह्वानसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






