काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंको बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा समाचार संकलन गर्ने क्रममा प्रहरीको गोली लागी कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना तथा नेपाल प्रेसकर्मी उमेश कार्की घाइते भएको दुःखद र निन्दनीय घटना भएको उल्लेख गरेका छन् ।
स्वतन्त्र प्रेसमाथि भएको आक्रमणलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार भन्दै शाखाले दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षालाई प्राथमिकता दिन स्वतन्त्र र भयरहित वातावरणमा समाचार संकलन गर्न सक्ने अवस्था निर्माण गर्न आग्रह गरेको छ ।
शाखाले पत्रकारहरूलाई परिचयपत्र र प्रेस अंकित ज्याकेटसहित मात्र रिपोर्टिङमा खटिन अनुरोध गर्दै प्रेस दमनविरुद्ध सम्पूर्ण सञ्चारकर्मीलाई एकताबद्ध भई प्रतिवाद गर्न आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






