सरकारले हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएपछि राजस्व सङ्कलन दोब्बरले वृद्धि भएको छ । पर्यटन विभागका अनुसार सरकारले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु गरेको १५ दिनभित्रै विगतका वर्षभन्दा सलामी दस्तुर दोब्बरले बढेको हो ।
विभागका निर्देशक हिमाल गौतमले भने, “सरकारले गत भदौ १६ गतेदेखि हिमालको उचाइ अनुसार पर्वतारोहण शुल्क परिवर्तन गरेको छ । ऋतु अनुसार आरोहण शुल्क बढे पनि जारी शरद् ऋतुमा भने विभिन्न हिमाल आरोहण गर्ने आरोही र सलामी शुल्क दोब्बरले बढेको देखिन्छ ।”
उनका अनुसार सन् २०२४ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहण गर्न १५८ समूहका एक हजार २८० जनाले अनुमति लिएका थिए । उक्त अनुमतिबाट सात करोड ६३ लाख रुपियाँ र त्यसअघि सन् २०२३ मा १७० समूहका एक हजार ३२६ आरोहीले सात लाख ८१ हजार रुपियाँ सलामी दस्तुर बुझाएका थिए । यस वर्ष भने आरोहण अनुमति लिने क्रम जारी रहँदा ४९ समूहबाट १६ करोड रुपियाँभन्दा बढी सलामी दस्तुर सङ्कलन भइसकेको उनले जानकारी दिए ।
उनका अनुसार सन् २०२५ को शरद् ऋतुमा आरोहण गर्न हालसम्म ३९२ जना पुरुष र १११ जना महिला गरी ४६३ जनाले आरोहण अनुमति लिएका छन् । उक्त अनुमतिबाट १६ करोड ८७ लाख ४६ हजार ७६५ रुपियाँ सरकारी कोषमा दाखिल भएको छ । शरद् ऋतुमा मनासलु आरोहणका लागि बढी आकर्षण हुने गरेको छ । मनासलु आरोहण गर्न मात्रै यस याममा ३७४ जनाले अनुमति लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






