
सरकारले हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएपछि राजस्व सङ्कलन दोब्बरले वृद्धि भएको छ । पर्यटन विभागका अनुसार सरकारले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु गरेको १५ दिनभित्रै विगतका वर्षभन्दा सलामी दस्तुर दोब्बरले बढेको हो ।
विभागका निर्देशक हिमाल गौतमले भने, “सरकारले गत भदौ १६ गतेदेखि हिमालको उचाइ अनुसार पर्वतारोहण शुल्क परिवर्तन गरेको छ । ऋतु अनुसार आरोहण शुल्क बढे पनि जारी शरद् ऋतुमा भने विभिन्न हिमाल आरोहण गर्ने आरोही र सलामी शुल्क दोब्बरले बढेको देखिन्छ ।”
उनका अनुसार सन् २०२४ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहण गर्न १५८ समूहका एक हजार २८० जनाले अनुमति लिएका थिए । उक्त अनुमतिबाट सात करोड ६३ लाख रुपियाँ र त्यसअघि सन् २०२३ मा १७० समूहका एक हजार ३२६ आरोहीले सात लाख ८१ हजार रुपियाँ सलामी दस्तुर बुझाएका थिए । यस वर्ष भने आरोहण अनुमति लिने क्रम जारी रहँदा ४९ समूहबाट १६ करोड रुपियाँभन्दा बढी सलामी दस्तुर सङ्कलन भइसकेको उनले जानकारी दिए ।
उनका अनुसार सन् २०२५ को शरद् ऋतुमा आरोहण गर्न हालसम्म ३९२ जना पुरुष र १११ जना महिला गरी ४६३ जनाले आरोहण अनुमति लिएका छन् । उक्त अनुमतिबाट १६ करोड ८७ लाख ४६ हजार ७६५ रुपियाँ सरकारी कोषमा दाखिल भएको छ । शरद् ऋतुमा मनासलु आरोहणका लागि बढी आकर्षण हुने गरेको छ । मनासलु आरोहण गर्न मात्रै यस याममा ३७४ जनाले अनुमति लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे
- पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रणनीति आवश्यक रहेको सरोकारवालाहरुको जोड
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एससिटी युनियन पे कार्ड सेवा सुरु
- आहा ! मुन्दुम... आहा ! मुन्दुम पदमार्ग.....
- ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई
- कोशी प्रदेशको शान पदमार्गमा आधारित पर्यटन
- नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा रिक्वेरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन
- नेपाल बैंकका कर्मचारी र ग्राहकका लागि लिफ प्लससँगको सम्झौतामा २० प्रतिशतसम्म छुट