
काठमाडौं । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान गरिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –७ सिङ्जेमा तालबाट माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान गरिएको हो । ताप्लेजुङको पर्यटन प्रवर्धनका लागि कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङबोको उपस्थितिमा चार हजार ७०० मिटरको उचाइमा अवस्थित सिङ्जेमा तालबाट भ्रमण दशकको आह्वान गरिएको ताप्लेजुङ टुरिजम प्रोमोसन सेन्टरका सञ्चालक तथा पर्यटन अभियन्ता हेमराज निरौलाले बताए ।
जिल्लाको माथिल्लो भेगमा पर्यटकको सम्भावना बोकेका धेरै स्थानहरू भएका कारण यो आह्वानले धेरै टेवा पुग्ने विश्वास लिइएको छ । उनले भने, “ताप्लेजुङका प्राय सबै गन्तव्य पुगिसकेको छु, पर्यटकको धेरै सम्भावना बोकेका स्थानहरू छन् र यसको प्रचारप्रसार गर्न आवश्यक छ ।
आगामी दिनमा अझ फरक ढङ्गले पर्यटन प्रचारमा लाग्ने निरौलाको भनाइ छ । पछिल्लो समय सिङ्जेमा ताल पर्यटकको रोजाइ बन्न थालेको छ । यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरूको बाक्लो उपस्थित हुन थालेको फक्ताङलुङ गाउँपालिकका –७ का वडा अध्यक्ष छेतेन शेर्पाले बताए ।
सिङ्जेमा तालसँगै सोही वडामा रहेको साम्दो पोखरी, जिल्लाको सिदिङ्वा गाउँपालिकामा रहेको तिम्बुङ् पोखरी, ढङ्ढङगे झरना, मिक्वाखोला गाउँपालिकामा रहेको लोदेन क्षेत्र, सोदुपोखरी, फुङफुङगे झरना लगायतका स्थानमा पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे
- पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रणनीति आवश्यक रहेको सरोकारवालाहरुको जोड
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एससिटी युनियन पे कार्ड सेवा सुरु
- आहा ! मुन्दुम... आहा ! मुन्दुम पदमार्ग.....
- ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई
- कोशी प्रदेशको शान पदमार्गमा आधारित पर्यटन
- नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा रिक्वेरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन
- नेपाल बैंकका कर्मचारी र ग्राहकका लागि लिफ प्लससँगको सम्झौतामा २० प्रतिशतसम्म छुट