काठमाडौं । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान गरिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –७ सिङ्जेमा तालबाट माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान गरिएको हो । ताप्लेजुङको पर्यटन प्रवर्धनका लागि कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङबोको उपस्थितिमा चार हजार ७०० मिटरको उचाइमा अवस्थित सिङ्जेमा तालबाट भ्रमण दशकको आह्वान गरिएको ताप्लेजुङ टुरिजम प्रोमोसन सेन्टरका सञ्चालक तथा पर्यटन अभियन्ता हेमराज निरौलाले बताए ।
जिल्लाको माथिल्लो भेगमा पर्यटकको सम्भावना बोकेका धेरै स्थानहरू भएका कारण यो आह्वानले धेरै टेवा पुग्ने विश्वास लिइएको छ । उनले भने, “ताप्लेजुङका प्राय सबै गन्तव्य पुगिसकेको छु, पर्यटकको धेरै सम्भावना बोकेका स्थानहरू छन् र यसको प्रचारप्रसार गर्न आवश्यक छ ।
आगामी दिनमा अझ फरक ढङ्गले पर्यटन प्रचारमा लाग्ने निरौलाको भनाइ छ । पछिल्लो समय सिङ्जेमा ताल पर्यटकको रोजाइ बन्न थालेको छ । यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरूको बाक्लो उपस्थित हुन थालेको फक्ताङलुङ गाउँपालिकका –७ का वडा अध्यक्ष छेतेन शेर्पाले बताए ।
सिङ्जेमा तालसँगै सोही वडामा रहेको साम्दो पोखरी, जिल्लाको सिदिङ्वा गाउँपालिकामा रहेको तिम्बुङ् पोखरी, ढङ्ढङगे झरना, मिक्वाखोला गाउँपालिकामा रहेको लोदेन क्षेत्र, सोदुपोखरी, फुङफुङगे झरना लगायतका स्थानमा पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






