एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ । मंगलबार विराटचोकस्थित नेपलिरिका होटेलमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो ।
पहिलो सिजनमै विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ दिने घोषणा गरेको छ। सम्झौतामा विराटनगर किंग्सका तर्फबाट टिम मालिक पारस लुनिया, नारायण मुन्दडा र सुयश प्याकुरेल उपस्थित थिए भने पीएलओ ग्रुपबाट भोलेश्वर दुलाल र आकाश दुलालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले विराटनगर किंग्सलाई आगामी सिजनहरूमा पनि निरन्तर सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले विराटनगर किंग्सको टिमले कोशी प्रदेशको नै गौरव बढाइरहेको उल्लेख गरे।
त्यस्तै, विराटनगर किंग्सका टिम मालिक पारस लुनियाले क्रिकेटले देशका युवाहरूलाई एकतामा बाँध्ने काम गरिरहेको र एनपीएलले नेपाली खेलाडीहरूमा नयाँ उत्साह र उर्जा भरेको बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






