काठमाडौं । नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार संघ नेपाल ९हिमालय रेस्क्यू एशोसिएसन० लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्ड
निरन्तर काम गरिरहेको बताएका छन् । उनले भने, “नेपालको हिमालय विश्वकै आकर्षण हो । यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल
पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ । उद्धार संघसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौं ।”
त्यसैगरी बोर्ड सदस्य नरेन्द्र देव भट्टले उद्धार कार्य केवल आपतकालीन व्यवस्थापन मात्र नभएर नेपाल पर्यटनको विश्वसनीयता निर्माण गर्ने माध्यम
पनि भएको उल्लेख गर्दै आगामी दिनमा उद्धार र जोखिम व्यवस्थापनमा अझ व्यवस्थित गर्ने बताए । कार्यसमितिका अर्का सदस्य ऋषि भण्डारीले हिमाली
क्षेत्रहरूमा सुरक्षासँगै वातावरणीय संवेदनशीलता पनि जोडिने भएकोले यस्तो सहयोगले जिम्मेवार पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताए ।
त्यसैगरी सामग्री ग्रहणपछि हिमालय उद्धार संघका अध्यक्ष डम्बर पराजुलीले नेपाल पर्यटन बोर्डको सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सगरमाथा,
अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा काम गर्दा उद्धार सामग्री अत्यन्त आवश्यक हुन्छ । बोर्डको यो सहयोगले हाम्रो उद्धार कार्य अझ प्रभावकारी र शीघ्र हुने विश्वास लिएको छु ।”
कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत हिक्मत सिंह ऐर, वरिष्ठ प्रबन्धक अर्चना केसी, हिमालय उद्धार संघका सीईओ गोविन्द बस्याल, संघका अन्य पदाधिकारीहरु, बोर्डका अधिकारीहरु र पर्वतीय पर्यटनमा काम गरिरहेका व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत सिद्धार्थ विश्वकर्माले सहजीकरण गरेका थिए ।
उक्त अवसरमा बोर्डले संघलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स ४ थान, डिसेन्डर्स ५ थान, पुली ४ थान, स्लिङ्स ५ थान, आइस स्क्रु र पिकेट्स ५
थान, बिले डिभाइस ४ थान, एङ्कर्स ४ थान, र स्लीपिङ ब्याग ५ थान हस्तान्तरण गरेको थियो ।
नेपाल पर्यटन बोर्डले आगामी दिनमा हिमाली क्षेत्रमा उद्धार र सुरक्षा पूर्वाधारलाई अझ सुदृढ बनाउन निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्यका
कार्यक्रम पनि विस्तार गरिने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






