नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको चाङ हुन्थ्यो । न कथावस्तुमा मौलिक भेटिन्थ्यो, न कलाकारको अभिनय । मूल कथालाई पर छोडेर ‘एक्सन’कै भरमा फिल्म चलाउने शृङ्खलाको अन्त्य हुन थालेको छ । र, विस्तारै नेपाली चलचित्र क्षेत्रले आफ्नो लय समात्न थालेको छ । विगतमा चलचित्र क्षेत्रमा देखिएको निराशालाई धेरै हदसम्म ‘परान’ले चिर्न सफल भएको छ ।
दुई साता नाघिसक्दा पनि हलहरूमा दर्शकको आकर्षण उत्तिकै छ भने सामाजिक सञ्जालमा पनि व्यापक चर्चा बटुलिरहेको छ । ‘परान’ को चर्चा चिया पसल र ज्येष्ठ नागरिकतहसम्मै पुग्न सफल भएको छ । एकातिर कर्पोरेट हाउसले ‘परान’ लाई माया गर्न थालेपछि दर्शकमा झनै उत्साह थपिँदै गएको छ ।
यही उत्साहका बीच टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा।लि।परिवारले पनि ‘परान’ हेरेको छ । सुन्धारास्थित सिभिल मलमा कर्पोरेट शो आयोजना गरि आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित फिल्म हेरेको हो ।
चलचित्रले नेपाली समाजको यथार्थलाई समेटेको भन्दै जगदम्बा परिवारले सकारात्मक सन्देश दिने चलचित्रहरू अझै बन्न जरूरी रहेको बताएको छ । एक प्रतिनिधिले भने–“यो चलचित्रले हाम्रै समाजिक परिवेशको कथा भनेको छ, भावनात्मक ढँगबाट कथालाई प्रस्तुत गरेको पायौँ, कलाकारको अभिनयले पनि फिल्मलाई सशक्त बनाएको छ ।”
‘परान’ मा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






