नाडा अटोमोवाइल्सले नेपालमा सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनको सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले २०८२/८/७ मा एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘बन तथा वातावरण मन्त्रालयको नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ (युरो ६) लागु गरिसकेको छ । यस सन्दर्भमा नेपाल सरकार, अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गतेको नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ लागु हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भईसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोगगरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मिति २०८२ साल मङ्गसिर १५ गतेसम्मका लागि पूर्ववत मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरेको सर्व विदितै छ । सोहि प्रावधान अनुसार सो तोकिएको समयावधी भित्र आफना वाँकी रहेका सवारी साधनहरुको पनि भन्सार जाँचपास गर्नु हुन समेत अनुरोध गर्दछौ । उक्त व्यवस्थाको लागि नाडाले बन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयमा पत्राचार गरी आवश्यक पहल समेत गरेको वेहोरा पनि जानकारी गराउन चाहान्छौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





