रमेश विश्वकर्मा
पश्चिम गुल्मीको “मालिका पिस पार्क” पर्यटकको आकर्षण बन्दै गएको छ । यस जिल्लाको मालिका गाउँपालिका वडा नम्बर– ४ अर्खबाङ्गमा अवस्थित “मालिका पिस पार्क” मा घुम्न आउने पर्यटकहरु निकै रमाउने गर्छन् । ५५ रोपनी क्षेत्रफलमा फैलिएको “मालिका पिस पार्क” निकै सुन्दर, शान्त र हरियाली वातावरणमा सजिएको छ । यहाँबाट देखिने मनमोहक हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्दै पर्यटकहरु रमाउने हुँदा आकर्षण समेत बढेको छ ।
यहाँ विशेषगरी गुल्मी जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बागलुङलगायतका जिल्लाबाट पर्यटकहरु आउने गर्छन् । करिब तीन करोड रुपियाँ लागतमा “मालिका पिस पार्क”सँगै यहाँभित्र अन्य विभिन्न आकर्षक संरचनाहरु निर्माण गरिएको मालिका गाउँपालिकाका इन्जिनियर विष्णु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ मालिका भगवती मन्दिर, गणेश थान मन्दिर, चार वटा पिकनिक स्पट, एक बाल उद्यान, शौचालय, बगैंचालगायतका विभिन्न आकर्षक संरचनाहरु निर्माण गरिएको छ ।
पिस पार्कभित्र निर्माण गरिएको मालिका भगवती मन्दिर ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेपछि संयुक्त लगानीमा निर्माण गरिएको हो । ललितपुर महानगरपालिकाको ७० लाख रुपियाँ, मालिका गाउँपालिकाको १० लाख रुपियाँ र स्थानीय जनश्रमदानबाट सो मन्दिर निर्माण गरिएको बताइएको छ । पछिल्लो समय यहाँको अवलोकन लागि आन्तरिक एवम् वाह्य पर्यटकहरु दिनप्रति दिन आउने गरेका छन् । गुल्मी आउने विदेशी पर्यटकहरु पनि यहाँ आएर रमाउने गर्छन् । जर्मन, फ्रान्स, इजरायल, अमेरिकालगायतका देशबाट ६० जना पर्यटकहरु आउनुभएको त्यहाँ कार्यरत निमलाल अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार “मालिका पिस पार्क”लाई व्यवस्थित रुपमा सञचालन गर्नका लागि गत साउन २१ गतेदेखि प्रवेश शुल्क समेत निर्धारण गरिएको छ । पछिल्लो समय तीन हजार ५०० स्थानीय पर्यटकले अवलोकन गर्नुभएको अर्यालले बताउनुभयो । परिचयपत्र लिएर आउने विद्यार्थी एवम् ज्येष्ठ नागरिक प्रति व्यक्ति १५, अन्य सबै नागरिक प्रति व्यक्ति २०, वनभोज ९पिकनिक० प्रति समूह ५०० र बैठक, सभा, गोष्ठी तथा अन्य कार्य पटकै पिच्छे एक हजार रुपियाँ निर्धारण गरिएको हो । यहाँबाट मासिक २०÷२५ हजार आम्दानी भएको बताइएको छ । दुई जनाले रोजगारी समेत पाउनुभएको छ ।
यहाँ पुग्ने अधिकांश पर्यटकहरुले घुम्न लायक ठाउँ रहेको भन्दै पर्यटकीय गन्तव्यका रुपमा निकै महत्त्वपूर्ण र आकर्षक रहेको बताएका छन् । गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा “मालिका पिस पार्क” रहेको उपाध्यक्ष उपन्द्र अर्यालले बताउनुभयो । पालिकाले यसलाई गौरवको आयोजनामा समेत समावेश गरेको छ । पछिल्लो समय यहाँ आउने पर्यटकहरु बढ्न थालेसँगै पार्कको प्रचारप्रसारसँगै दीर्घकालीन योजनामा समेत लागिएको उहाँले बताउनभयो । सालझण्डी–ढोरपाटन सडकका कारण पनि पर्यटकहरुको रोजाइमा “मालिका पिस पार्क” पर्ने सम्भावना रहेको अर्यालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






