प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष श्री दिनेश सरिया ज्यूले औपचारिक रुपमा सपथ ग्रहण गर्नुभएको छ।
नेपाल बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री जनक राज शर्मा ज्यूले सपथ ग्रहण कार्यक्रम सम्पन्न गर्नुभएको हो।
सपथ ग्रहण कार्यक्रम २०७८ साल मंसिर ११ गते बिहीबार साँझ ४स्३० बजे नेपाल बीमा प्राधिकरणका अध्यक्षको कार्यकक्षमा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री शुसिल देव सुवेदी, निर्देशक श्री शाम्भ राज लामिछाने, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका मानव संसाधन प्रमुख श्री विष्णु प्रसाद घिमिरे, कम्पनी सचिव श्री राजेन्द्र पाठक लगायतको उपस्थिती रहेको थियो।
सपथ ग्रहणपछि श्री सरिया ज्यूले बीमा क्षेत्रको विकास, नियामकीय मापदण्डको पालना र सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई थप सक्षम र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






