पूर्वेली लोकभाकाका महारथी महेश बुढाथोकीको ‘काफल गेडी कुटुक्कै’ को दोस्रो भाग ‘साँघुरी काटेर’ सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको ‘साँघुरी काटेर’ गीतमा शब्द, लय र स्वर बुढाथोकी स्वयमको रहेको छ ।
नेपाली गाउँघरको संस्कृति, परम्परा र मन छुने भावना झल्काउने यस गीतमा आत्मीय शब्द, परम्परागत वाद्यवादन र लयबद्ध तालको सानदार संयोजन यसमा पाइन्छ ।
नकुल कार्कीले रेकर्ड गरेको यस गीतलाई म्युजिक नेपालका सिनियर रेकर्डिस्ट प्रकाश खरेलले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
सरोज प्रजा र रिस्ता अधिकारीले मुख्य भूमिका निर्वाह गरेको गीतमा निर्देशन र मुख्य कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् भने बविता पोख्रेलले कोरियोग्राफी असिस्ट गरेकी छन् ।
क्यामेरामा दिनेश पराजुलीको टिमले कमाल देखाएका छन् भने सम्पादन र रङ संयोजनमा राकेश ढकालले उत्कृष्ट कला प्रस्तुत गरेका छन् ।
सागर लामाले उत्पादन गरेको म्युजिक भिडियोमा मेकअप आर्टिस्टको रूपमा पुनम चौधरी अब्बल उत्रिएकी छन् । भिडियोमा देखिएको कोरस नृत्यको ग्रुप लिडर हरि अधिकारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






