दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यसहित इम्बार्क अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको छ ।
अनम्याथले शिक्षक तथा अभिभावकसहित झण्डै दुईसय जनालाई काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा सामुहिक चलचित्र दृश्यावलोकनको अवशर जुराएको हो ।
गणितलाई पुस्तकका सूत्रहरूमा मात्र सीमित नराखी, जीवन र सिर्जनशील उद्योगहरूमा कसरी प्रयोग हुन्छ भन्नेबारे जागरूकता फैलाउँदै आएको इम्बार्क अनम्याथले यसपटक नेपाली चलचित्र ‘परान’ मार्फत गणितीय सोचको वास्तविक उपयोगलाई झनै प्रस्ट पारेको छ ।
हालै देश–विदेशमा चर्चा बटुलेको चलचित्र परान ले कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकको मन गहिरोसँग छोएको छ । फिल्मको सफल प्रदर्शनले सिर्जना, कथानक निर्माण, सिनेमाटोग्राफी, समय व्यवस्थापनदेखि दर्शकको मनोविज्ञान बुझ्नसम्म गणितीय अवधारणाहरू प्रयोग हुने रहेछन् भन्ने बुझाउन पनि अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको आयोजकले बताए ।
चलचित्र ‘परान’ को कर्पोरेट शो अवलोकनपछि इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भनेः “गणितले नछुने कुनै ठाउँ हुँदैन । चलचित्र निर्माणमै पनि ढाँचागत सोच, व्यवस्था, सम्भाव्यता, गति, अनुपात, कथा–रचना र दर्शक व्यवहार विश्लेषण जस्ता तत्वहरू गहिरोसँग गणितसँग जोडिएका हुन्छन् । परान हेर्दा यी तत्वहरूको उल्लेखनीय उपयोग देखिन्छ, जसले फिल्मलाई अझ प्रभावकारी बनाएको छ ।” उनका अनुसार, इम्बार्क अनम्याथले गणितलाई डर होइन, जीवनसँग जोडिएको उपयोगी कौशलको रूपमा बुझाउने कार्य निरन्तर गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






