वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
यस अभियानअन्तर्गत आज ५०० आरू र ५०० नासपाती गरी १,००० फलफूलका बिरुवा रोपेर हरियाली अभियानलाई इलाममा औपचारिक रूपमा अघि बढाएको छ।
कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा प्रदेशका विभिन्न शाखाका शाखा प्रमुखहरु उपस्थित थिए। त्यस्तै सोहि कार्यक्रममा लुम्बिनी वर्ल्ड पीस फोरमको तर्फबाट वृक्षारोपण अभियानको अभियन्ता बासु गौतम र इलाम नगरपालिकाको तर्फबाट मेयर केदार थापा र विभिन्न वडा बाट नुतन देब दुलाल (अध्यक्षः वार्ड न ४), दुर्गा मदन श्रेष्ठ (सदस्यः वार्ड न ६), दल मान तामाङ्ग (अध्यक्षः वार्ड न ६), ओम नाथ प्रधान (अध्यक्षः वार्ड न १०), पारस मणि काफ्ले (सदस्यः वार्ड न ४) र कृषि प्राविधिक उपेन्द्र नेपालको उपस्थिति रहेको थियो।

सन नेपाल लाइफ इन्स्योरेन्सले सामुदायिक दिगोपन, सामाजिक जिम्मेवारी र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको मुख्य आधार मानेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा देशभर विस्तार गर्दै आएको छ।
हालै, सन नेपाल लाइफले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





