काठमाडाै । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको थियो।
संस्थामा हाल नवीकरण भएका कुल १,५४८ सदस्यहरूमध्ये १,४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको छ। साथै कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको थियो ।
साधारण सभाका मुख्य विषयहरू निम्न बमोजिम रहेका छन् :
1. संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ।
2. आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित भएको छ।
3 अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको छ।
4. सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भयो।
साथै यसै क्रममा संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय भएकाे छ ।
साथै, महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






