श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको स्वरले गीत थप ओजिलो बनेको छ। गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा प्रस्तुत गरेको छ। सार्वजनिक भएलगत्तै गीत श्रोतामाझ चर्चामा आएको छ।
गीतमा सन्तोष प्रगाढ राईको संगीत संयोजन, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।
यसअघि पनि गीतकार श्रीराम राईका केही गीत रेकर्ड भइसकेका छन्। २०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ मा नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।
गीतकार राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा हुन्। दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।
राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ मार्फत उनी लघुकथाको उन्नयनमा सक्रिय छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।
गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ। यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत सम्पादन अनुभव बटुलेका छन्।
नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप उनले इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघ, स्वर्ण महोत्सव सम्मान (२०८०) र ‘गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।
(लिङ्क तल उपलब्ध छ)
https://www.youtube.com/embed/40evb7Ro188
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






