हरिकृष्ण शर्मा
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्र हिउँले छपक्कै छोपेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता आसपासको सडक तथा भिरपाखा सबै हिउँले सेताम्मे भएको हो । सदरमुकाम जोमसोमबाट पाक्लिङ, फलेकलगायतका क्षेत्र हुँदै साङ्ता गाउँसम्म जाने सडक आसपासका क्षेत्रमा हिउँ जमेको छ ।
जोमसोमबाट ४० किलोमिटर र साङ्ताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म ३५ किलोमिटर सडकको मार्गले जोडेपनि अहिले सवारीसाधनसँगै पैदलमार्गबाट समेत दुई जिल्लामा आवतजावत गर्न मुस्किल रहेको स्थानीय छेवाङ गुरूङले बताए। गुरूङले भने “सडक र पैदलमार्गबाट छिमेकी जिल्ला जान सम्भव छैन, हिउँले बाटो नै पुरिदिएको छ, अब फागुनको अन्तिम सातासम्म आवतजावत सामान्य हुँदैन ।’’
हिमपात नहुदाँसम्म ट्याक्टरमा सामान ढुवानी गरी भरियामार्फत डोल्पा लैजाने गरिएपनि अहिले हिउँ पन्छाउन समेत समस्या रहेको छ । समुन्द्री सतहदेखि तीन हजार ८ सय मिटर उचाइमा रहेको साङ्ता गाउँ अहिले सुनसान भएको छ । गाउँबाट स्थानीय जाडो छल्न करिब ३० किलोमिटर टाढा रहेको छिमेकी फलेक धाकारजुङ, पाक्लिङ, सदरमुकाम जोमसोमसहित पोखरा, काठमाडौँमा गएपछि पशुचौपायाको रेखदेख गर्ने बाहेक कोही छैनन् । १३ घरधुरी रहेको साङ्ता गाउँमा कुल जनसङ्ख्या ७० जना रहेकोको गाउँको रेखदेख अहिले गोठालाले गरेका छन् ।

घोडा, खच्चर तल झारेर याकचौरी सहित पशुचौपायालाई बस्ती क्षेत्रमा गोठालाको जिम्मा लगाएपछि मङ्सिर महिनादेखि बस्ती सुनसान छ भने सडकमार्गमा समेत हिउँ जमेपछि मुस्ताङ–डोल्पा पैदलमार्ग समेत बन्द भएको छ । वडा अध्यक्ष सुरेन्द्र गुरूङले मध्य फागुनसम्म हिमपात नभए स्थानीय गाउँ फर्किने बताए । भौगोलिक विकटता, मौसमी जटिलताका कारण वर्षको पाँच महिना स्थानीयले गाउँ छोड्ने गरेका छन् । यस क्षेत्रमा लोपउन्मुख हिउँ चितुवासहित अन्य बन्यजन्तुको बासस्थान रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोमका संरक्षण सहायक दिपक ओलीका अनुसार हिउँ चितुवाको सर्वेक्षणका लागि साङ्ता आसपासका क्षेत्रमा सात वटा क्यामेरा जडान गरिएको छ ।
सदरमुकाम जोमसोमबाट करिब ४० किमी टाढा रहेको यस क्षेत्रमा बन्यजन्तुको संरक्षणका लागि समेत नियमित अनुगमन हुने गरेको छ । एक्याप जोमसोमकको टोली करिब एक सातासम्म बन्यजन्तुको संरक्षण तथा अवलोकनका लागि उक्त क्षेत्रमा पुगेर फर्किएको थियो । मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र र लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिको माथिल्लो क्षेत्रमा हिउँले पहाड नै सेताम्मे भएको छ भने बिहान र बेलुकीको समयमा पानी समेत जम्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






